दासानायके शनिबार नेपालबाट बिदा हुँदै

Advertisement


काठमाडौँ मङ्सिर । नेपाली क्रिकेट खेललाई नयाँ उचाइमा पु¥याएका राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके आफ्नो प्रशिक्षण यात्रालाई पूर्णविराम लगाउँदै भोलि शनिबार नेपालबाट बिदा हुँदै छन्  ।  

नेपालमा करिब चार वर्ष प्रशिक्षकका रुपमा बिताउनुभएका दासानायकेले नेपाली क्रिकेट खेलको स्तरोन्नति गर्दै नेपालबाट बिदा हुन लागेका हुन् । सन् २०११ सेप्टेम्बरमा नेपाल आउनुभएका दासानायकेकै नेतृत्वमा नेपालले डिभिजन चारबाट उक्लेर डिभिजन एकसम्मको यात्रा तय गर्न सफल भएको थियो ।

Advertisement

त्यस्तै, उहाँकै नेतृत्वमा नेपाली टोलीले बङ्गलादेशमा भएको ट्वेन्टी–ट्वेन्टी विश्वकपसमेत खेल्ने अवसर प्राप्त गरेको थियो । नेपाललाई एक दिवसीय वरियता दिलाउने मूल लक्ष्य पूरा गर्न भने उनी चुकेका थिए  ।

प्रशिक्षक दासानायकेले नेपाली खेलाडी निकै मेहनती भएको भन्दै प्रशंसा गरेका छन्  । साथै उनले नेपाललाई एक दिवसीय वरियता दिलाउन नसकेकामा दुःख पनि व्यक्त गरेका छन्  । त्यतिबेला कप्तान पारसलगायतका केही महत्वपूर्ण खेलाडीहरु ‘फिट’ नभएका कारण पनि प्रतियोगितामा आफ्नो सोचाइअनुरुपको खेल प्रदर्शन गर्न नसकेको प्रशिक्षक दासानायकेको भनाइ छ । न्युजिल्यान्डमा भएको प्रतियोगितामा नेपालले खराब प्रदर्शन गरेपछि नेपालले उक्त अवसर गुमाएको थियो ।

    दासानायकेको करार अवधि डिसेम्बरसम्म रहेको भएपनि विभिन्न कारण देखाउँदै उनले केही समयअघि राजीनामा दिएका थिए  ।

 

Advertisement

Advertisement