गणेश थापाले निष्काशित भएपछि एन्फाको पहिलो बैठक बस्यो, संगठनलाई सही दिशा दिन्छुः श्रेष्ठ

Advertisement

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा गणेश थापा निष्काशित भएपछिको पहिलो कार्यसमिति बैठकले विभिन्न निर्णयहरु गरेको छ । एन्फाका कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठले सम्हालेपछि पहिलो पटक बैठक बसेको हो । 

कार्यवाहक अध्यक्ष श्रेष्ठले बुधबार पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरेका छन् । बैठकले एन्फाले गर्ने आर्थिक कारोबारमा कार्यवाहक अध्यक्ष श्रेष्ठको हस्ताक्षर प्रयोग गर्ने तथा गत वैशाख १२ गतेको भूकम्पका कारण स्थगित भएको एएफसी महिला चौध वर्षमुनि (यु–१४)को नेपाल र बङ्लादेशवीचको फाइनल खेल आगामी डिसेम्बर २० मा काठमाडौँमा गर्ने निर्णय गरेको छ । 

Advertisement

त्यस्तै, अर्को वर्ष (सन् २०१६)मा हुने सोही एएफसी यु–१४ महिला क्षेत्रीय च्याम्पियनसिपको लागि नेपालले आयोजना गर्न दाबेदारी पेस गर्ने तथा फिफामा हुन लागेको निर्वाचनका लागि एएफसीका अध्यक्ष शेख सलमानलाई समर्थन गर्ने बैठकले निर्णय गरेको छ ।

यसैबीच, कार्यवाहक अध्यक्ष श्रेष्ठले आफूले सङ्गठनलाई सही दिशा दिने बताए । अध्यक्ष गणेश थापालाई विश्व फुटबल महासङ्घ (फिफा)ले निलम्बन गरेपछि कार्यवाहकको जिम्मेवारी पाएका श्रेष्ठले आफू एन्फा हाक्नसक्षम रहेको दाबी गरे । 

उनले एन्फालाई नयाँ गति दिन उचित सुझाव र सुत्र भए दिएर सहयोग गर्न सञ्चारकर्मीसँग आग्रह गर्दै भने– म लामो समयदेखि नेपाली फुटबलमा योगदान गरिरहेको छु, त्यसैले पनि एन्फालाई राम्रो बाटोमा डो¥याउन सक्छु भन्नेमा मलाई पूर्ण विश्वास छ । 

उनले सङ्घका गतिविधि पारदर्शी बनाउने मैले अठोट लिएकैले मलाई यस पदका लागि राखेप (राष्ट्रिय खेलकुद परिषद्), फिफा, एएफसी (एसियाली फुटबल महासङ्घ) र एन्फाको कार्यसमितिले विश्वास गरेको बताए । 

Advertisement

Advertisement