नेपाल भारत कुस्ती प्रतियोगिता सुरु

Advertisement

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित खुल्लामञ्चमा शनिबारदेखि इण्डो नेपाल कुस्ती प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकूद विकास समिति कञ्चनपुर र कुस्ती सङ्घ कञ्चनपुरले आयोजना गरेको प्रतियोगिताको सांसद बहादुरसिंह थापाले उद्घाटन गरेका हुन । 

सुदूरपश्चिममा कुस्ती खेल ओझेलमा परिरहेका बेला उक्त खेल माथि उठाउन प्रतियोगिता आयोजना गरिएको आयोजक जिल्ला खेलकूद विकास समितिले जनाएको छ । प्रतियोगितामा नेपाल र भारतका विभिन्न क्षेत्रका खेलाडीको सहभागिता रहेको छ । 

Advertisement

आगामी पुस ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारतबाट हिरयाणा, राजिस्थान, दिल्ली र उत्तराखण्डलगायतका क्षेत्रका १७ खेलाडी प्रतिष्प्रर्धाका लागि यहाँ आइपुगेका छन् । 

Advertisement

Advertisement