डिशहोमको रिचार्ज नगर्ने ग्राहकका छोराछोरीलाई पनि अध्ययनको सुविधा

Advertisement

काठमाडौं । टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोमले कक्षा ९ र १० का विद्यार्थीलाई निःशुल्क अध्ययनको सुविधा कायमै राखेको छ । 

लकडाउनका क्रममा घरमै बस्न बाध्य विद्यार्थीहरुलाई लक्षित गरी सुरु गरिएको यो सेवा कायमै रहेको डिशहोम मिडिया नेटवर्कका महाप्रवन्धक रमेश सापकोटाले जानकारी दिए । उनका अनुसार सरकारले वैकल्पिक अध्ययनलाई समेत गणना गरी यस बर्षको शैक्षिक सत खेर जान नदिने बताएअनुसार कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिकरुपमा प्रभावित डिशहोमका नियमित तथा अनियमित सबै ग्राहकलाई निःशुल्करुपमा ९ र १० को अध्ययन गर्ने सुविधा प्रदान गरिएको हो । डिशहोमको च्यानल नं. १०१ मा यी कक्षाहरु सञ्चालन भइरहेका छन् । 
उनले भने, ‘लकडाउनका कारण हाम्रा २० लाखभन्दा धेरै ग्राहकमध्ये धेरैले शुल्क बुझाएर सेवा सुचारु गर्न आर्थिकरुपमा नसकेको हुनसक्छ । उहाँहरुको छोरोछोरीको अध्ययन सहज होस भनेर रिचार्ज नगरेर सेवा अवरुद्ध भएको भए पनि च्यानल नं. १०१ पढाई सञ्चालन गरिराखेका छौं । यसबाट रिचार्ज गर्न नसकेकै कारण डिशहोमका ग्राहक रहेकाहरुको छोराछोरीले पढ्नबाट बन्चित हुनुनपर्ने कम्पनीको भनाई छ ।

Advertisement

डिशहोमका नियमित ग्राहकहरुलाई लक्षित गरी डियर वाक लर्निङसँगको सहकार्यमा कक्षा १ देखि १० सम्मको पठनपाठन जारी राखिएको पनि कम्पनीले जानकारी दिएको छ । एकाडेमी १, एकाडेमी २ र एकाडेमी ३ गरी तीन वटा च्यानलहरुमा बिहान राति १० बजेसम्म पठाइ हुँदै आएको सापकोटाले जानकारी दिए । 

फण्ड ट्रान्सफरलाई प्राथमिकता
डिशहोमले फण्ड ट्रान्सफरमार्फत रिचार्ज गर्न ग्राहकहरुलाई प्रोत्साहित गर्दै विशेष सुविधा पनि अघि सारेको छ । कम्पनीका महाप्रवन्धक सापकोटाका अनुसार फण्ड ट्रान्सफरमार्फत बार्षिक रिचार्ज गर्ने ग्राहकहरुमध्ये दुई जनालाई हरेक हप्ता गोलाप्राथाबाट पुरस्कृत गरी एक एक लाख रुपियाँ प्रदान गर्दै आएको छ । 

कम्पनीले यसरी फण्ड ट्रान्सफरमार्फत बार्षिक रिचार्ज गर्नेलाई २५ प्रतिशत छुट तथा २४ महिना रिचार्ज गर्नेलाई ३० प्रतिशत छुटको व्यवस्था गरिएको छ । अहिलेको विषम परिस्थितिमा डिशहोमको रिचार्ज कार्ड खरीद गर्न समस्या पर्ने भएकाले डिशहोमका डिलरहरुमार्फत पनि आफूले इच्छाएको प्याकेजअनुसार रिचार्ज गर्न सकिने व्यवस्था गरिएको छ । साथै, कम्पनीले अन्तर्राष्ट्रियस्तरमा ३, ६, १२ महिनाको रिचार्ज गर्ने चलन रहेअनुसार नेपालमा पनि सोही अनुसार रिचार्ज गर्ने अभ्यासका लागि पछिल्ला दिनमा फण्ड ट्रान्सफरमा न्यूनतम एक हजार रुपियाँको रिचार्जको व्यवस्था गरिएको महाप्रवन्धक सापकोटाले जानकारी दिए । उनले यस्तो रिचार्जमा धेरै ग्राहकमा अन्योलता देखिएको पाइए पनि त्यसरी रिचार्ज गर्दा २५ प्रतिशत बोनस प्राप्त हुने र पाँच दिनको सट्टा १० दिनको क्रेडिटको पनि सुविधा प्रदान हुने बताए । 

Advertisement

Advertisement