विषमतामा भारतीय शैक्षिक संस्थाहरुले गैरकानुनीरुपमा भर्ना सुरु गरेकोप्रति इक्यानको आपत्ति

Advertisement

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले कोरोना भाइरस (कोभिड १९) महामारीको कठिन परिस्थिति हुँदा हुँदै भारतस्थित केही शैक्षिक संस्था, कलेज र तिनका प्रतिनिधिहरुले सामाजिक सञ्जाल लगायतका माध्यमबाट विभिन्न प्रलोभन देखाई भर्ना लिएकोप्रति आपत्ति जनाएको छ । 

ईक्यानले विज्ञप्ति जारी गरेर भारतका केही शैक्षिक संस्था, कलेज र तिनका प्रतिनिधिहरुले नेपाली परामर्शदाताहरुलाई अनौपचारिक सम्वन्ध सम्पर्कमा लिँदै तथा व्यक्तिगत सम्पर्कको आधारमा समेत सिधा भर्ना तथा छात्रवृत्ति लगायतको प्रलोभनपूर्ण क्रियाकलापहरु सञ्चालन गरिरहेको पाइएको भन्दै यस्ता क्रियाकलाप बन्द गर्न चेतावनी दिएको छ । 

Advertisement

यस्ता क्रियाकलाप नेपालमा प्रचलित ऐन कानून तथा शिक्षा मन्त्रालयद्वारा जारी गरिएको शैक्षिक परामर्श तथा भाषा शिक्षण सम्वन्धि निर्देशिका २०७३ का विरुद्ध रहेको भन्दै ईक्यानले यस्ता गैरकानूनी क्रियाकलापमा संलग्न नहुन, शिक्षा मन्त्रालयको स्वीकृती एवम् प्रचलित ऐन कानून र निर्देशिकाको व्यवस्थाभन्दा बाहिर गएर नेपाली विद्यार्थीहरुलाई भर्ना तथा छात्रवृत्ति लगायतका सुविधाको प्रलोभन नदेखाउन, भ्रामक विज्ञापन प्रकाशित र प्रसारित नगर्न समेत आग्रह गरेको छ । 

ईक्यानले यस्ता गैरकानुनी क्रियाकलापमा संलग्नहरुलाई आवश्यक कानूनी कारवाहीका लागि शिक्षा मन्त्रालयलाई आग्रह पनि गरेको छ । यस्ता प्रलोभनपूर्ण गैरकानुनी क्रियाकलापप्रति सचेत रहन संस्थाले विद्यार्थी र अभिभावकलाई आग्रह पनि गरेको छ । 

Advertisement

Advertisement