आन्तरिक उडान असोज ५ पछि मात्रै, पर्यटन मन्त्रालयसँग नयाँ सहमति

Advertisement

काठमाडौं । असोज १ गतेबाट सुरु हुने भनिएको आन्तरिक हवाई सेवा असोज ५ बाट मात्रै हुने भएको छ । नेपाल वायुसेवा सञ्चालक संघ र पर्यटन तथा नागरिक उडड्न मन्त्रालयबीच भएको छलफलपछि आन्तरिक उडान असोज ५ देखि मात्रै सुरु गर्ने सहमति भएको हो । 

जसअनुसार कुल प्यासेन्जर फ्लाइटको आधा र कुल सेड्युल उडानको एक चौथाई मात्रै सञ्चालन गर्नेगरी आन्तरिक उडान सुरु गर्न पर्यटन मन्त्रालयसँग सहमति भएको हो । 

Advertisement

सरकारले सोमबार गरेको निर्णयअनुसारका शर्तअनुसार असोज १ बाट हवाई सेवा सुरु गर्न वायुसेवा सञ्चालकहरु अनिच्छुक भएपछि मन्त्रालयले उनीहरुलाई बोलाएर छलफल गरेको हो । 

असोज ५ बाट सुरु गर्दा वायुसेवा सञ्चालकहरुले सुरक्षा तथा स्वास्थ्यसम्वन्धी मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने सहमति भएको संघका प्रवक्ता योगराज कंडेलले बताए । 

भाडा दरले मन्त्रालयले तोकेको भाडा दरको माथिल्लो सिलिङसम्म जान पाउने तर बढाउन भने नपाइने मन्त्रालयले शर्त राखेको छ । 

Advertisement

Advertisement