एनसेलले दशैंतिहारका लागि ल्यायो ‘कुरै कुरामा उपहार’ योजना

Advertisement

काठमाडौं । चाडपर्वको आगमनसँगै, एनसेलका ग्राहकले बोनस टक टाइमको फाइदा लिन पाउने भएका छन् । बोनस टक टाइमबाट आफ्ना साथीभाइ, परिवार तथा आफन्तजनहरुसँग कुरा गर्न सकिने र दैनिक, साप्ताहिक र बम्पर उपहारहरु जित्न पनि सकिने एनसेलले जनाएको छ ।  

एनसेल आजियाटा लिमिटेडले आउँदै गरेको दशैं, तिहार र छठ पर्वको अवसरमा आफ्नो भ्वाईस सेवाका ग्राहकका लागि आकर्षक योजना ‘कुरै कुरामा उपहार’ ल्याएको हो । यस योजना अन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले अन नेट, अफ नेट वा अन्तर्राष्टिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवा प्रयोग गरी आकर्षक उपहारहरु जित्ने मौका पाउनेछन् । 

Advertisement

दैनिक, साप्ताहिक र बम्पर उपहार यो योजनाको मुख्य विषेशताहरु हुन् । प्रिपेड ग्राहकले भ्वाइस सेवाको प्रयोग गरी जति धेरै कुराकानी गर्छन् त्यतिनै धेरै उपहार जित्ने मौका पाउनेछन् । यो आकर्षक योजना आइतबार (असोज १८) देखि लागु भई आठ हप्ता अर्थात मंसिर १३ सम्म कायम रहनेछ । 

चाडपर्वको अवसरमा ल्याइएको यो योजनाबाट फाइदा लिन एनसेलका प्रिपेड ग्राहकले १७१०७ मा डायल गरी सजिलै निःशुल्क सहभागि हुन सक्नेछन् । यस योजनामा सहभागि हुने बित्तिकै ग्राहकले हरेक दिन भ्वाइस कल गर्नका लागि निश्चित मिनेटको लक्ष्य पाउनेछन् । तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्ने बित्तिकै ग्राहकले त्यही दिनको मध्यरात सम्मको समयसिमा रहेको बोनस अन नेट टक टाइम तुरुन्तै पाउनेछन् र यस योजना अन्तर्गतको उपहार जित्न योग्य हुनेछन् । 

यस योजनाको उपहारका रुपमा तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्ने ग्राहकलाई दैनिक अन नेट बोनस टक टाइम, हरेक दिन ७०० जना ग्राहकलाई रु २०० बोनस ब्यालेन्स, सात जना ग्राहकलाई सामसुङ ग्यालेक्सी एम०१एस र बम्पर उपहारमा २ जना ग्राहकलाई सामसुङ ग्यालेक्सी नोट २० रहेका छन् । 
 

Advertisement

Advertisement