‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ अफरका दुई नयाँ विजेताले पाए दुई लाख

Advertisement

काठमाडौं । टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोम मिडिया नेटवर्कले सञ्चालन गर्दै आएको प्रवद्र्धनात्मक कार्यक्रम ‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ योजनाका थप दुई जना विजेताले दुई लाख रुपियाँ हात पारेका छन् । 

कम्पनीले हरेक हप्ता गोलाप्रथाबाट विजेता छनोट गरी दुई जना विजेतालाई एक एक लाख रुपियाँले पुरस्कृत गर्दै आएको यस योजनामा यस पटक डिशहोमको क्यास आईडी नं. ०२५१९१६२५३१ र ०२५१९०८१५७५ नम्बरका ग्राहकहरु पुरस्कृत भएका छन् । उनीहरु असोज ९ गतेदेखि १५ गतेसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्नेमध्येका ग्राहक हुन् । 

Advertisement

कम्पनीले हरेक शुक्रबार डिशहोमको शोकेश च्यानल नं. १००, च्यानल नं. १०१ र रमाइलो टिभीमा प्रत्यक्षरुपमा गोलाप्रथामार्फत विजेता छनोट गर्ने गर्छ । यस योजनाअन्तर्गत अब डिशहोमको आधिकारिक बिक्रेताहरुमार्फत फण्ड ट्रान्सफरबाट दुई बर्षे रिचार्ज गर्ने ग्राहकले गोलाप्रथामा डबल मौका पाउने जनाइएको छ । साथै ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अब अनलाइनमार्फत पाँच हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो साप्ताहिक गोलाप्रथामा सहभागी गराउने कम्पनीले जानकारी दिएको छ । 
 

Advertisement

Advertisement