नारायणी नदि किनारलाई  ‘सी–बिच’को रुपमा विकास गरिने

Advertisement

चितवन। पर्यटकलाई आकर्षित गर्न चितवनको नारायणी नदी किनारलाई ‘सी–बिच’ का रूपमा विकास गरिने भएको छ । भरतपुर महानगरपालिकाले गौरव आयोजनाका रूपमा ‘सी–बिच’ निर्माण आयोजना अगाडि ल्याएको हो ।

देशकै मध्य भागमा पर्ने नारायणी नदी किनारलाई आकर्षक पर्यटकीय गन्तव्य विकास गर्ने योजना अनुसार काम अगाडि बढेको महानगर प्रमुख रेणु दाहालले जानकारी दिइन् ।

Advertisement

“लामो समयदेखिको प्रयास कार्यान्वयनको चरणमा आएको छ । हामी एकपछि अर्को गर्दै भरतपुरको विकासमा ‘सी–बिच’ मोडल ल्याएका हौँं,” नगरप्रमुख दाहालले भनिन । यो मोडलले महानगरकै मात्र नभई चितवनकै गौरव र आर्थिक गतिविधि बढाउने दाबी
उनले गरिन।

पर्यटन विभागले महानगरको गुरुयोजना अनुसार प्रारम्भिक चरणको कामका लागि झण्डै छ करोड रुपियाँ लागतमा डेढ वर्षभित्र काम सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरेको छ । 

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement