बुद्ध भन्छ– छ महिनाभित्र थप दुई एटीआर जहाज थप्छौं

Advertisement

काठमाडौं। नेपालको आन्तरिक उडानमा अग्रणी रहेको निजी क्षेत्रको उड्डयन सेवा बुद्ध एयरले छ महिनाभित्रएटीआर ७२–५०० संस्करणका थप दुई वटा जहाज थप्ने तयारी गरेको छ । 

भैरहवामा निर्माणाधिन क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थलमा आधारित भई उडान सञ्चालन गर्नेगरी ल्याउन खोजिएका यी जहाज खरीदका लागि कम्पनीले निर्माता कम्पनीसँग सम्झौतासमेत गरिसकेको जनाएको छ । 

Advertisement

यी जहाजहरु आउँदो जुलाइसम्ममा कम्तिमा एउटा नेपाल आइपुग्ने अनुमान गरिएको छ । बुद्ध एयरका अधिकारीहरुका अनुसार यसअघि नै खरीद गर्ने योजना बनाइएका यी जहाजहरु कोभिड १९ का कारण ढिलो भए पनि अब भने ढिलाई हुने छैन् । 

अहिले बुद्ध एयरसँग आठ वटा एटीआर ७२–५००, तीन एटीआर ४२–३२०, दुई वटा विचक्राफ्ट १९००–डी जहाज छन् । 

Advertisement

Advertisement