विश्वको दोस्रो सर्वोच्च शिखर गर्ने किर्तिमानीहरुलाई काठमाडौंमा विशेष स्वागत

Advertisement

काठमाडौँ । विश्वकै दोस्रो अग्लो शिखर केटू हिमालको सफल आरोहण गरी किर्तिमान कायम गर्ने निर्मल पुर्जासहित १० जना आरोहीहरुलाई काठमाडौंमा स्वागत गरिएको छ । 

हिउँद याममा शिखर आरोहण गरी कीर्तिमान कायम गरेका उनीहरुलाई पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघलगायत पर्यटन क्षेत्रका संस्थाको सहभागितामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत तथा सम्मान गरिएको हो । 

Advertisement

विमानस्थलबाट आरोहीलाई राष्ट्रिय झण्डाका साथ मोटरसाइकल र्याली गर्दै भृकुटीमण्डप बोर्डमा पुर्याएर सम्मान गरियो । माइनस ६२ डिग्री सेल्सियस तापक्रम तथा प्रतिघण्टा १ सय किलोमिटर गतिको हावालाई सामना गर्दै पुर्जासहित १० नेपाली आरोही माघ ३ गते पाकिस्तानस्थित केटू हिमाल (८,६११ मिटर)को सफल आरोहण गरेका थिए । 

उनीहरुले गत वर्ष सगरमाथासहित आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु छ महिना छ दिनको समय आरोहण गर्दै विश्व कीर्तिमान बनाएका थिए । हिउँदमा हिमाल आरोहण गर्ने कुरा जोखिमपूर्ण हुँदाहुँदै पनि उनीहरु केटू हिमाल आरोहण गर्न सफल भएका थिए । 

Advertisement

Advertisement