काठमाडौं । थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ले लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते एकेडेमीको व्यवस्थापन गर्ने भएको छ । सन् २०१२ देखि नेपालमा ब्रिटिस डिग्री प्रदान गरिरहेको कलेजको ‘ब्रिटिस एजुकेसन ग्रुप’ले नमस्ते एकेडेमीलाई पनि ब्यवस्थापन गर्न लागेको हो ।
ब्रिटिस कलेजले व्यवस्थापनको साझेदारी गरेसँगै नमस्तेको शैक्षिक गुणस्तर पनि अन्तर्राष्ट्रियस्तरको हुने दावी गरिएको छ । कलेजका संस्थापक तथा कार्यकारी निर्देशक राजन कँडेलले नमस्ते एकेडेमी पनि ब्रिटिस एजुकेशन ग्रुपमा आएकोले गर्दा आगामी दिनमा अझै राम्रो शिक्षा प्रदान गरिने बताए । झण्डै दशकदेखि सञ्चालित ब्रिटिस कलेजको व्यवस्थापन टिमको अनुभव नमस्तेको लागि पनि फलदायी हुने कँडेलको विश्वास छ ।
नमस्तेको व्यवस्थापन ब्रिटिस कलेजले गर्ने भएपछि जारी शैक्षिक सत्रमा नै थुप्रै परिवर्तन हुने जनाइको छ । लुम्बिनीमा अंग्रेजी भाषाको उत्कृष्ट शैक्षिक संस्था बन्ने लक्ष्य दिएको यस कलेजले शैक्षिक क्रियाकलाप थप उत्कृष्ट बनाउने बताएको छ ।
यसको लागि विद्यालयको एकेडेमिक डाइरेक्टरमा मार्क बार्थोलोमेउलाई नियुक्त गरिएको छ । उनी बेलायती नागरिक हुन् । मार्कसँग ब्रिटिस काउन्सिल र क्याम्ब्रिज विश्वविद्यालयमा काम गरेको अनुभव छ ।