काठमाडौं । डिसहोमले आफ्नोे ‘खुशीको कनेक्सन’ अभियान अन्तर्गतको पूर्ण भिडियो सार्वजनिक गरेको छ । डिसहोम र खुुसीलाई एक अर्काको पर्याय बनाउँदै यो भिडियो विकास गरिएको जनाइएको छ ।
भिडियोमा भर्खरै विवाह भएर नयाँ घर प्रवेश गरेकी एक दुलहीको मनोदशा, नयाँ सम्बन्धको संकोच र नयाँ वातावरणको असहजताका देखाइएको छ । यी सबैका बीच अवस्था सामान्य, सम्बन्ध मिठास बनाउन घरमा डिशहोमको भूमिकाका बारेमा प्रस्तुत गरिएको छ ।
आफ्नो माइतीघरमा जस्तै कर्मघरमा पनि डिशहोमको छातादेखि नवदुलही केही हदसम्म प्रशन्न हुन्छिन् । नयाँ ठाउँमा उनका लागि त्यो क्षण तत्काल खुशीको कनेक्सन परिवर्तित हुन्छ । गायक अमित बरालको ‘म तिम्रै हुँ’ गीतमा लयबद्घ यस अभियानमा नयाँ परिवेशमा नवविवाहित जोडीबीच डिशहोमसँगै कसरी सहजता र आत्मियता बढ्दै जान्छ ? त्यो कुरा प्रस्तुत गरिएको छ ।
नौ वटा स–साना भागहरुलाई एउटैमा समायोजन गरिएको यस भिडियोमा डिसहोमका विशेषताहरूः क्यूएचडी पिक्चर क्वालिटी, पीपीभीm, पीभीआर, एक्सभीओडी डिशहोम गो एप र वेभ ग्राहक सेवासँग लिंक गरिएका छन् ।
डिशहोमका लागी विज्ञापन एजेन्सी मार्सले यस अभियानको अवधारणा तयार गरेको जनाइएको छ । उच्च प्रविधिका साथ तयार गरिएको यो व्यवसायिक योजना मनोरञ्जनात्मक रहेको, स्लिक सट, क्यामेराको चाल र सुमधुर संगीतले अभियानलाई गहकिलो बनाएको कम्पनीको भनाई छ ।