ज्ञान आदानप्रदान र विद्यार्थीमा सीप विकास गर्न एनालग इंक र ग्लोबल कलेजबीच एमओयू

Advertisement

काठमाडौं । ‘लियोस्क्वार्ड एजुकेशन पार्टनर’ पहलका एनालग इंकद्धारा सञ्चालित लियोस्क्वाड र  ग्लोबल कलेज इन्टरनेशनलबीच समझदारी (एमओयू) भएको छ । 

एमओयूको उद्देश्य प्रविधिसँग सम्वन्धित कम्पनी एनालग इंक र ग्लोबल कलेज इन्टरनेशनलले एक साथ ज्ञान प्रदान गर्दै विद्यार्थीहरूको सीपको सम्मान गर्ने, उद्यमशील विद्यार्थी, शिक्षाविद् पेशाकर्मीहरूलाई प्रोत्साहन गर्न इन्टर्नशिप अवसर प्रदान गर्नु रहेको कलेजले जानकारी दिएको छ ।

Advertisement

कोरोना भाइरस महामारीले मानिसहरूको अध्ययन तथा काम गर्ने शैलीमा परिवर्तन ल्याएको बताउँदै कलेजले त्यसपछि सरकारले हरेक शैक्षिक क्षेत्र र पेशाकर्मीले डिजिटल प्ल्याटफर्म प्रयोगलाई प्रशय दिएको जनाएको छ । शैक्षिक तथा प्राविधिक क्षेत्रमा सरकारले लिएको लक्ष्य पूरा गर्न लियास्क्वार्डले कलेज र विश्वविद्यालयहरूलाई आफ्नो प्रविधि उपलब्ध गराउँदै आएको छ । 

‘लियोस्क्वार्ड एजुकेशन पार्टनर’ पहलअन्तर्गत एनालग इंकद्धारा सञ्चालित लियोस्क्वार्डबाट आउने उद्यमहरूबाट ग्लोबल कलेजले उदाहरण सेट गर्न सक्ने विश्वास लिइएको छ । सम्झौतामा दुवै संस्थाबीच सेवा आदानप्रदान गरी नेपालमा भोलि उद्यमीहरूलाई अवसर प्रदान गर्ने तथा डिजिटलाइजेशन पुनःस्थापित गर्ने जनाइएको छ । लियोक्वार्डको पहललाई सहयोग पुर्याउन ग्लोबल कलेजको सहभागिताले उत्साहित गरेको जनाइएको छ ।

लियोस्क्वार्ड टिमले उद्यमशील विद्यार्थीहरूलाई प्रोत्साहन गर्नेगरी भर्चुअल कक्षाहरू सञ्चालन गर्नेछन् । यसले आगामी दिमा मुलुकलाई डिजिटलाइजेशन गर्न सहयोग पुग्ने लियोस्क्वार्डको विश्वास छ । यो अवसर कुनै खास समूहमा सीमित नरहेको र महामारी र उद्यमी बन्न इच्छाबाट बन्चित सबैको लागि लक्षित रहेको दुवै पक्षको भनाई छ । 

लियोस्क्वार्ड र ग्लोबल कलेजका प्रतिनिधिबीच ‘विश्वविद्यालय तथा व्यवसायिक संस्थानहरूमा भर्चुअल कार्यस्थल कार्यान्वयनको रणनीतिक योजनाको पहिचान’ विषयमा मंगलबार आयोजित छलफलको समापनपछि यो एमओयू भएको हो । एनालग इंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशुतोष अग्रवालले यस एमओयूले प्रविधि कम्पनी र शैक्षिक संस्थाबीचको सम्वन्धलाई मात्रै बढावा गर्न मद्दत नगर्ने बताउँदै महामारीको समयमा भर्चुअल कार्यस्थलको उपयोगितालाई बढावा दिने बताए । 

त्यस्तै ग्लोबल कलेजका निर्देशक डा. अक्षय अरोराले दुई संस्थाबीच भएको सम्झौताले पाठ्यक्रम वृद्धि गरेर सीप विकास गर्नका लागि मात्रै सहयोग नपुग्ने बताउँदै अहिलेको डिजिटल रुपान्तरणको समयमा विद्यार्थीहरूलाई एनालग इंक जस्ता सुचना प्रविधि कम्पनीमा काम गर्ने अवसरसमेत मिल्ने बताए । 

लियोस्क्वाड र ग्लोबल कलेजबीच भएको यस एमओयूबाट विद्यार्थीका लागि अद्यावधिक प्रशिक्षण कार्यक्रमका साथै कलेजको विशेष रुप, डिजाइन र वितरणको लागि अनुकुलित प्रशिक्षण प्रदान गर्न मद्दत पुग्ने आशा लिइएको छ । 

यो लियास्क्वार्ड भर्चुअल कार्यस्थलको सानो कदम मात्रै भएको बताउँदै ग्लोबल कलेजले यसले राष्ट्रको डिजिटलाइजेशनमा एउटा इट्टा थप्ने र अर्थतन्त्रलाई गति दिन सहयोग पुग्ने विश्वास लिएको छ । 

Advertisement

Advertisement