नेफाले कार्गो दिवस मनायो, वार्षिक अवार्ड इमेज एयरका रुस्तमलाललाई

Advertisement

काठमाडौं । नेपाल फ्रेट फरवार्डरस् एशोसियशन (नेफा)को २७औं कार्गो दिवस बिहीबार सम्पन्न भएको छ । यस अवसरको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन संघका संस्थापक अध्यक्ष रविन्द्रमान सिंह प्रधानले गरेका थिए । प्रत्येक बर्ष जुलाई २९ मा यो दिवस मनाउने गरिन्छ । 

कोरोना महामारी कायम रहेकाले सामान्य हिसावले मनाइएको यस बर्षको कार्गो दिवस संघका अध्यक्ष मनोज अधिकारीले कार्गो व्यवसायको व्यवसायीक क्षमता अभिवृद्धि र विश्वभर पैmलिएको महामारीको बीच नेपाली लजिष्टिक क्षेत्रलाई जोगाइरहन कार्गो व्यवसायी तथा एयरलाईन्सहरूले एक अर्काको साथ र सहयोग अपरिहार्य रहेको बताए । 

Advertisement

संघका निवर्तमान अध्यक्ष प्रकाशसिंह कार्कीले कार्गो सेवा अभिवृद्धि गर्नका लागि संघ, एयरलाईन्स र रेल सेवा प्रदायकबीच सुमधुर सम्बन्ध रहेको र कोरोनाका कारण धरासायी भएको कार्गाे क्षेत्र चलायमान बनाउन यी क्षेत्र हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए । 

नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेलले नेपाल एयरलाइन्स अहिले कठिन मोडमा रहेको र यसलाई बलियो र प्रतिस्पर्धी बनाउनका लागि काम भइरहेको बताए । कार्यक्रममा नेफा वार्षिक अवार्ड, सदस्यतर्फ संघका सदस्य कम्पनी इमेज एयर एण्ड सी फ्रेट प्रा.लि.का प्रबन्ध निर्देशक रुस्तमलाल श्रेष्ठलाई ३८ वर्षदेखि यस व्यवसायमा निरन्तर लागेवापत प्रदान गरियो । 

त्यस्तै, नेपालबाट सबैभन्दा बढि कार्गो बोक्ने तथा उत्कृष्ट सेवा प्रदान गर्ने अवार्ड हाइयेष्ट कार्गो अपलिफ्ट अवार्ड २०२१ तर्फ कतार एयरवेज, नेपाल एयरलाइन्स, क्याथे प्यासिफिक कार्गोलाई क्रमशः प्रथम, द्धितीय र तृतीय पुरस्कार प्रदान गरियो । अफलाईन एयरलाइन्स तर्फ ओमन एयर कार्गोलाई प्रथम पुरस्कार प्रदान गरियो । 

कोभिड महामारीको समयमा पनि एयरलाइन्स तथा रेलवे सेवा सञ्चालन गरि नेपाली आयात निर्यातमा सहजीकरण गर्ने एयरलाइन्सतर्पm टर्किस एयरलाइन्स, हिमालयन एयरलाइन्स, एयर अरेबिया कार्गो, फ्लाई दुवई, कोरियन एयर, यमिरेट्स स्काई कार्गो, जापान एयरलाइन्स कार्गो तथा रेलवे सेवातर्पm कन्टेनर कर्पोरेशन अफ इण्डिया प्रा.लि.लाई प्रशंसापत्र प्रदान गरियो । 

Advertisement

Advertisement