चन्द्रगिरी हिल्स २५ करोड ३८ लाख रुपियाँ नोक्सानमा

Advertisement

काठमाडौं ।  गएको आर्थिक वर्षमा चन्द्रागिरी हिल्स लिमिटेडले २५ करोड ३८ लाख ४२ हजार रुपियाँ नोक्सानी रहेको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

अघिल्लो वर्षको यसैअवधिमा पनि कम्पनी नोक्सानीमा नै थियो । अघिल्लो वर्ष कम्पनी १० करोड ६६ लाख १६ हजार रुपियाँ नोक्सानीमा रहेकोमा गएको बर्षमा दोब्बरभन्दा बढिले बढेको हो । एक वर्षको अवधिमा कम्पनीको नोक्सानी १४ करोड ७२ लाख रुपियाँ भन्दा धेरै बढेको छ । 

Advertisement

कोरोना महामारीको कारण चन्द्रगिरीको व्यापार बन्द छ । यस अवधिसम्म आउँदा कम्पनीको सञ्चालन आम्दानी र अन्य स्रोतबाट हुने आम्दानी पनि घटेको छ । जसअनुसार सञ्चालन आम्दानी १९ करोड १५ लाख ५ हजार रुपियाँले घटेर २२ करोड १५ लाख ७८ हजार रुपियाँमा सीमित भएको छ । अघिल्लो वर्ष कम्पनीले ४१ करोड ३० लाख ८३ हजार रुपियाँ सञ्चालन आम्दानी गरेको थियो ।

चन्द्रगिरीको अन्य स्रोतबाट हुने आम्दानी पनि यो वर्ष ६७ लाख दुई हजार रुपियाँ मात्र छ । अघिल्लो वर्ष कम्पनीले अन्य स्रोतबाट दुई करोड ९० लाख ३० हजार रुपियाँ अन्य स्रोतबाट आम्दानी गरेको थियो । 

कम्पनीको प्रतिसेयर आम्दानीमा पनि नोक्सान मै छ । अघिल्लो वर्ष ७ रुपियाँ ९० पैसा नोक्सानमा रहेको कम्पनीको प्रतिसेयर आम्दानी यो वर्ष १६ रुपियाँ ५५ पैसा नोक्सानमा छ । प्रतिसेयर नेटवर्थ ७४ रुपियाँ ३५ पैसा छ । कम्पनीको चुक्ता पुँजी एक अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपियाँ छ ।  यसको जगेडा कोष ३९ करोड ३५ लाख ६० हजार रुपियाँ ऋणात्मक छ । 

Advertisement

Advertisement