काठमाडौं । आन्तरिक वायुसेवा बुद्ध र श्री एयरलाइन्सले यात्रु सेवा बढाउन जहाज थप गर्ने भएका छन् । यी दुई वायुसेवाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट चार वटा जहाज थप गर्न अनुमति लिइसकेका छन् । अनुमति लिएकामध्ये तीनवटा जहाज आगामी डिसेम्बर २०२१ भित्रै ल्याउने गरी तयारी गरिरहेको सम्बन्धित वायुसेवाले जानकारी दिएका छन् ।
श्री एयरलाइन्सका कर्पोरेट प्रवन्धक अनिल मानन्धरका अनुसार यो वायुसेवाले तीन महिनाभित्रै (डिसेम्बरसम्ममा) तीन वटा जहाज खरिद गर्ने भएको छ । श्रीले क्यू ४०० नामक जहाज खरिद गर्ने र सहरी गन्तव्यमा उडान गर्ने भएको छ । यो वायुसेवाले ७८ सिट क्षमताको बम्बाडियर ड्यास ८ क्यू ४०० नामक जहाज थप गर्दै छ । श्री एयरलाइन्सका प्रवन्धक मानन्धरका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीन वटा जहाज ल्याउन अनुमति दिइसकेकोले त्यसकैको प्रक्रियामा लागिएको छ ।
यो वायुेवाको दुईवटा जहाज दशैंलाई नै दृष्टिगत गरेर जहाज थप गर्ने योजना बनाएको छ । जहाज ल्याउन आवश्यक तयारी भइपनि रहेकोले दशैंसम्ममा नै ल्याउने र यात्रु सेवामा प्रयोग गर्ने योजना तय भएको पनि मानन्धरले कर्पोरेट नेपाललाई जानकारी दिए । उनका अनुसार तीन वटा जहाज थप गर्न लागिएकोमा दुई वटा क्यू ४०० तत्कालै ल्याउने र एउटा भने केही महिना ढिलो गरेर ल्याइने छ । यो वायुसेसँग ६ वटा जहाज रहेकोले तीन वटा थप भएपछि अब यसको सुगम गन्तव्यमा उडान गर्ने जहाजको संख्या नै नौ वटा हुने भएको छ ।
यो वायुसेवाले हाल सुगम क्षेत्रकै विमानस्थलमा नियमित उडानको यात्रु सेवा दिइरहेको छ । पछिल्लो समय अधिकांश विमानस्थलमा एटीआर वा सो सरहको जहाज उडान क्षमताको भएका छन् ।
यो वायुसेवाले अन्तर्राष्ट्रिय उडानको पनि तयारी गरिरहेको छ । यसले हाल अन्तर्राष्ट्रियमा चार्टर उडानको अनुमति पाएको छ । नेपालबाट भारतीय सरहसहितमा नियमित उडान गर्ने योजना तय गरेको भएपनि यसले नियमित उडानको अनुमति भने पाइसकेको छैन् । यो वायुसेवाले थप गर्दै गरेको क्यू ४०० जहाजबाटै क्षेत्रीय अन्तर्राष्ट्रिय उडान गर्न सक्ने जहाज हो ।
आन्तरिक वायुसेवामा बुद्ध एयरले पनि थप एक एटीआर ७२–५०० नामक ७२ सिट क्षमताको जहाज थप गर्दै छ । यो वायुसेवाले खरिद गरेको जहाज आगामी तीन महिना (डिसेम्बर भित्रै) आइपुग्ने बुद्ध एयरका संचार संयोजक दीपेन्द्र कर्णले जानकारी दिए । यो वायुसेवासँग हाल १५ जहाज हाल नियमिन उडानमा छन् । यसले एउटा जहाज थप गरेर १६ वटा जहाजलाई सहरी क्षेत्रकै विमानस्थलको उडानमा प्रयोग गर्ने भएको छ ।
यो वायुसेवाको ११ वटा जहाजा एटीआर ७२, तीन वटा एटीआर ४२ र दुई वटा जहाज भने बिचक्राफ्ट जहाज हुने भएको छ । यो वायुसेवाले बीचक्राफ्टबाट पर्वतीय र प्रादेशिक उडान गर्ने भएको छ । यो वायुसेवाले यात्रु उडानमा माग अनुसार ठूलो जहाज प्रयोग गर्दै जाने रणनीति पनि बनाएको छ । प्रादेशक उडानमा यसले एटीआर ७२ जहाजलाई प्रयोग गर्ने गरी योजना तय गरेको पनि कर्णले बनाए । उनका अनुसरा सहरी क्षेत्रका विमानस्थलमध्ये सुर्खेत र भरतपुरमा मात्रै एटीआर ७२ जहाजबाट उडान तथा अवरतण नहुने र बाँकी यसका उडान गन्तव्य सबैमा सहजै उडान हुने छ।
सेवा सुभारम्भको तयारी गर्दै गुण एयरलाइन्स
आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले पनि नियमित उडानमा सेवा दिने गरी तीब्र तयारी गरिरहेको छ । यो वायुसेवाले दुइवटा बिचक्राफ्ट र थप गरिएको पाँच वटा जेटस्ट्रीम सहित सात वटा वायुयानबाट उडान थाल्ने भएको गुण एयरलाइन्सले जानकारी दिएको छ । यसका लागि आवश्यक प्रक्रिया पूरा गरेर उडान मिति तय गर्ने तयारीमा रहेको छ । यो वायुसेवाले यही भाद्र चौथो हप्ता देखि नियमित आन्तरिक हवाई सेवा सुचारु गर्ने तयारी गरेको गुण एयरलाइन्सका प्रवक्ता एवम बजार तथा बिक्री प्रमुख प्रज्वल थापाले बताए ।
यो वायुसेवाले सुरुवातमा काठमाडौबाट पोखरा, भरतपुर र तुम्लिङटारको उडान सुरु गर्ने भएको छ । उडान सुरु गरेको केही समयमा नै सिमरा, भैरहवा, जनकपुर, नेपालगन्ज र विराटनगरमा सेवा विस्तार गर्ने भएको छ । यो वायुसेवाले अन्य वायुसेवासँगको हवाई भाडादरमा हुने प्रतिस्पर्धामा यात्रुलाई तुलात्मक रूपमा उत्कृष्ट सेवासहितको उपयुक्त भाडादर तय गर्ने पनि बताएको छ ।