डिशहोमको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना सुरु, नयाँ जडानसँगै स्पेन घुम्ने अवसर

Advertisement

काठमाडौं । टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोमले नजिकिँदा चाडपर्वको अवसरमा ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना ल्याएको छ । चाडपर्वमा थप खुशीयाली र उत्साह थप्न यो योजना ल्याएको कम्पनीले जनाएको छ । 

असोज ११ गतेदेखि लागू हुने यो योजना अन्तर्गत डिशहोमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकले स्पेन घुम्न जान पाउने छन् । साथै, हरेक नयाँ कनेक्सनमा ग्राहकहरुले दुई हजार रुपियाँको लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्नेछन् । 

Advertisement

स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट गोलाप्रथामार्फत गरिने छ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रामाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुने कम्पनीले जानकारी दिएको छ । यो योजना प्रभु टिभी, सिम टिभी, र डिशहोम फाइबरनेटको जडानमा पनि उपलब्ध छ । 

लालिगा सिजन टिकटमार्फत डिशहोम, प्रभु टिभी र सिम टिभीका ग्राहकहरुले स्पेनको घरेलु तथा सवैभन्दा माथिल्लो दर्जाको फुटबल लिगको रुपमा लिइने लालिगा हेर्न सक्नेछन । यो प्रतियोगिताको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको छ । हाल डिशहोममा खेल च्यानलको रुपमा एक्सन स्पोर्टस एचडी १ र एक्सन स्पोर्टस एचडी २ प्रसारण भई रहेकोमा लालिगाको खेलहरु भने एक्सन स्पोर्टस एचडी २ मा मात्र प्रसारण भईरहेकोछ । यो योजना नेपालभर सीमित अवधिको लागी लागू हुने डिशहोमले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ । 

विगत ११ वर्षदेखि डिश मिडिया नेटवर्क लिमिटेड पे टिभी इन्डस्ट्रीमा आफ्नो बेग्लै पहिचान बनाउन सफल कम्पनी हो । डिशहोमले ग्राहकहरुलाई उत्कृष्ट विभिन्न च्यानलहरुसँगै गुणस्तरीय सेवा उपलव्ध गराउँदै आएको छ । यसमा ग्राहकहरुलाई विभिन्न योजनामार्फत विभिन्न समयमा छुट तथा विविध अफरहरु प्रदान गर्ने गरिएको छ ।

Advertisement

Advertisement