चाडपर्वलक्षित नेपाल टेलिकमको विशेष योजना, रिचार्ज गर्दा केमा कति छुट सुविधा ?

Advertisement

काठमाडौं । नेपाल टेलिकमले नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै भोलि (मंगलबार)बाट कार्तिक २ गतेसम्मका लागि विशेष छुट अफर घोषणा गरेको छ । कम्पनीले डाटा र भ्वाइस प्याकमा विशेष छुट उपलब्ध गराउने भएको हो । ग्राहकले प्याक तान्दा तथा रिचार्ज गर्दा बोनससहित सो सुविधा पाउने छन् ।

डाटा प्याक
दुई सय ९४ रूपियाँमा दश दिनसम्म चलाउन मिल्ने २० जीबी डाटा, ९८ रूपियाँमा तीन दिनसम्म चलाउन मिल्ने ६ जीबी डाटा उपलब्ध खरिद गर्न सकिन्छ । त्यस्तै, एक दिनकोलागि एक एमबीपीएस गतिको अनलिमिटेड प्याक ६९ रूपियाँमै खरिद गर्न सकिन्छ ।   

Advertisement

भ्वाइस प्याक
भ्वाइस सेवा अन्तर्गत २५ रूपैयाँमा एक दिनको २४ घण्टा प्रयोग गर्न मिल्ने ४५ मिनेटको प्याक, ४० रूपैयाँमा तीन दिन प्रयोग गर्न मिल्ने ८० मिनेटको प्याक र पाँच सय रूपियाँमा ३५ दिनसम्म प्रयोग गर्न मिल्ने एक हजार तीन सय मिनेटको प्याक उपलब्ध हुने भएको छ । उक्त प्याकहरू जुनसुकै समयमा प्रयोग गर्न सकिने अल टाइम प्याक हुन् । 

त्यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रूपमा डाटा प्याक उपलब्ध हुनेछ । साथै, दुई सय रूपियाँदेखि चार सय ९९ रूपियाँसम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न मिल्ने पाँच सय एमबी र पाँच सय रूपियाँ भन्दा बढिको रिचार्ज गर्दा चार दिनभित्र प्रयोग गर्न सकिने एक हजार २४ एमबी डाटा प्याक प्राप्त हुने भएको छ । 

ग्राहकले उक्त प्याकेज प्राप्त गर्नको लागि स्टार १४१५ ह्यास डायल गर्नुपर्नेछ । नेपाल टेलिकमको वेभ साइट र एपमार्फत पनि ग्राहकले सो सुविधा लिन सक्ने छन् ।

Advertisement

Advertisement