अधिकारीको नियुक्तिप्रति नेवानि कर्मचारी असन्तुष्ट, फिर्ता बोलाउन सरकारसँग माग
यौन दूराचारको आरोपित नेवानिका अध्यक्ष यूवराज अधिकारी र उनी विरुद्ध राष्ट्रिय महिला आयोगमा २७ भदौ २०७४ मा परेको उजुरी ।

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि)का कर्मचारीले विवादित छवि भएका व्यक्तिलाई सरकारले कार्याकारी अध्यक्षमा नियुक्त गरेको भन्दै निगमभित्रकै कर्मचारीले असन्तुष्टि व्यक्ति गरेका छन् । निगमका महिला कर्मचारी तथा नेवानिका तीनवटै कर्मचारी युनियनसँग आवद्ध महिला कर्मचारी विवादित पूर्व कर्मचारी यूवराज अधिकारी कार्यकारी प्रमुख नियुक्त भएकोमा  दुःखी भएको उल्लेख गरेका छन् ।

अधिकारीलाई सरकारले (सोमबार) ८ कात्तिक २०७८ मा कार्यकारी अक्ष्यक्ष नियुक्त गर्दै महाप्रवन्धक डिमप्रकास अधिकारीको अधिकार खोसेको थियो । निगम भित्रै छवि विगारेका पूर्व कर्मचारी तथा अर्थ विभागको निर्देशक अधिकारीलाई नियुक्त गरेकोमा निगमका आम महिला कर्मचारीले बुधबार एक विज्ञप्ति जारी गरेरै असन्तुष्टी व्यक्त गरेका हुन् । निगममा निर्देशक भएदेखि हालसम्म पनि अधिकारीको स्वभाव तथा भावना परिवर्तन नभएको निगमका महिला कर्मचारी बताउँछन् ।

Advertisement

कार्यकारी प्रमुख भएर आएर अधिकारीले कर्मचारीको मनोबल खस्काउने, सिमित घेराभित्र रमाउने र कर्मचारीलाई धम्काउने काम नरोकेको उनिहरूको आरोप छ । नेवानि भित्र रहेका सम्पूर्ण निर्देशकहरू महिला तथा आम कर्मचारी अधिकरीको नियुक्ति र उनको व्यवहारप्रति खुशी हुने अवस्था नै नरहेको पनि उल्लेख गरिएको छ । महिला हिंसा गर्ने, पटक पटक गल्ति ढाकढोप गरेर हिँडेका अधिकारी पुनः निगमै कार्यकारी प्रमुख भएर आएकोमा ९५ प्रतिशतभन्दा बढी महिला कर्मचारी असन्तुष्ट भएको पनि निगमका कर्मचारीको भनाइ छ ।

निगमका एक कर्मचारीले भने ‘ अधिकारीको नियुक्तिले कर्मचारीहरू कार्यालय प्रवेश गर्दासमेत निराशा भएको अवस्था छ ।’ निज अधिकारीको स्वभाव अझै नबदलिएको महिला कर्मचारीको दाबी छ । कर्मचारीलाई हालसम्म पनि धम्काउने स्वाभावमा कुनै परिवर्तन हुन सकेको छैन भने उनीभित्रको दम्भ अझै रहिरहेको निमगकै कर्मचारी बताउँछन् । विगतमा गरेको गल्तीमा महिला कर्मचारीका खुट्टा पटक पटक ढोग्दै आएको व्यक्तिले फेरि पनि महिला कर्मचारीप्रतिको व्यवहारमा कुनै सुधार नै नगरी कार्यकारी प्रखुखको कुर्सीमा बसेको भन्दै निगभित्रै अधिकारीको विरोध हुन थालेको छ ।

अधिकारीले विभिन्न प्रलोभनमा पारेर महिला हिंसा गर्ने ति अधिकारीले सार्वजनिक वेइजती ढाकछोप गर्न गरेका र रोइकराई मिलापत्र गरेको यथार्थ सर्वविवितै भएको ति महिला कर्मचारीले उल्लेख गरेका छन् ।अधिकारीले कर्मचारीलाई डिउटी पोस्टिङ पठाइदिन्छु भनि कार्यकक्षमै अश्लील क्रियाकलाप गरेका ति अधिकारीको उक्त घटनाले अहिले पनि महिला कर्मचारीको मनोबल कमजोर बनाएको उल्लेख गरिएको छ । अधिकारी कार्यकारी प्रमुख भएर आउँदा र सरकारले प्रवेश निगम प्रवेश गराउँदा महिला कर्मचारीहरू त्रसित र आतंकित भएका छन् ।

अधिकारी कार्याकारी प्रमुख भएर आउँदा नारी प्रधान देश जहाँ महिलाको इज्जत हुन्छ त्यहीँ देशमा महिला कर्मचारीको मनोबल कमजोर हुने अवस्था सिर्जना भएको छ । तसर्थ, अधिरकारीको नियुक्त बदर गर्न निगमका कर्मचारीले सरकारको ध्यानाकर्षण गराएका उल्लेख गरेका छन् । निगम कर्मचारीले उनको नियुक्त बदर गरेर योग्य र स्वस्च्छ छवि भएको कार्याकारी नियुक्त गर्नससेत माग गरेको नेवानि पीडित महिला कर्मचारीले विज्ञप्तिमार्फत उल्लेख छ ।

Advertisement

Advertisement