काठमाडौं । डिशहोमले यो बर्षको पर्वमा ल्याएको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना अन्तर्गत पहिलो दुई भाग्यशाली बिजेताको घोषणा गरेको छ । २०७८ असोज ११ गतेदेखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टिभि, सिम टिभिको नयाँ कनेक्शन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागी भएका थिए ।
बुधबार गरिएको लक्की ड्रमार्फत प्रभु टिभि जडान गर्ने काठमाडौंका धुर्व कार्की (क्यासआईडी नं. २५४९६०६९८२) र डिशहोम जडान गर्ने सिन्धुलीकी अनिशा राई (क्यासआईडी नं. ०२५६४१७७९५२) छानिएका हुन् । यस लक्की ड्रको प्रत्यक्ष प्रशारण सरोकार टिभि, रियालिटि टिभि, नेपा च्यानल लगायतका च्यानलहरु र डिशहोमको फेसबुक पेजमा गरिएको थियो ।
बिजेताहरुले स्पेन जाने आउने दुईतर्फी हवाई टिकट, चार रातको होटल व्यबस्था र ला लिगाको एउटा खेलको स्टेडियममै प्रत्यक्ष खेल हेर्ने अवसर पाउनेछन् ।
यो योजना अझैपनि डिशहोम, प्रभु टिभी, सिम टिभी, डिशहोम फाइबरनेट कम्बो प्याकेज जडानमा र ला लिगाको सिजन टिकट खरिदमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।