काठमाडौं । बंगलादेशको राजधानी ढाकामा विमानस्थलमा पुगेर पनि जहाज चढ्न नपाएपछि नेपाली महिला क्रिकेट टोली बस चढेर नेपाल आउन बाध्य भएको छ ।
मैत्रीपूर्ण क्रिकेट खेल्न ढाका पुगेको नेपाली राष्ट्रिय महिला टोली नेपाल फर्किने क्रममा कोभिड परीक्षणबिनै ढाका विमानस्थल पुगेपछि उनीहरुलाई जहाज चढ्न रोकिएको हो ।
खेलाडीहरु हिमालय एयरलाइन्सको जहाजबाट बिहीबार स्वदेश फर्किने कार्यक्रम थियो । तर कोभिड परीक्षणको रिपोर्ट कसैको पनि नभएपछि उनीहरु जहाज चढ्न रोकिएको थियो । त्यसपछि उनीहरुका लागि बसको व्यवस्था गरी भारतको बाटो हुँदै नेपाल आएका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले यस घटनाले आफ्नो ध्यानाकर्षण भएको भन्दै यसबारे छानविन हुने बताएको छ । ढाका विमानस्थलले ७२ घण्टाभित्र कोभिड परीक्षण गरेको पिपोर्ट खोज्ने भए पनि नेपाली अधिकारीहरुले सो कुरामा कुनै अध्ययन र आयोजक पक्षसँग जानकारी नलिँदा महिला खेलाडीहरु जहाज चढ्नबाट बन्चित भएका हुन् ।
नेपाल प्रवेश गरेपछि उनीहरुलाई भद्रपुर विमानस्थलबाट काठमाडौं ल्याइसकिएको छ । विमानस्थल पुगेर पनि जहाज चढ्न नपाउँदा नेपाली खेलाडीले अपमानित महशुस गरेका थिए ।