मन्त्रीसँग सम्वन्ध बिग्रिएपछि  पर्यटन बोर्डका सीईओ निलम्बित, तीन सदस्यीय छानविन समिति गठन

Advertisement

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्यज रेग्मीलाई शुक्रबार बसेको पर्यटन बोर्ड सञ्चालक समितिले निलम्बनमा राखेको छ । 

पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको निसानामा पर्दै आएका सीईओ रेग्मीमाथि छानविन समिति बनाएर निकाल्न लागिएको हो । उनलाई मन्त्री आलेले राजीनामा दिन पटक पटक दबाब दिँदै आएका थिए ।  तर रेग्मीले आफू खुल्ला प्रतिस्पर्धाबाट आएको भन्दै राजीनामा नदिने अडान राख्दै आएका थिए । 

Advertisement

बेलायतबाट फर्किने क्रममा भन्सार विभागका कर्मचारीमाथि अभद्र व्यवहार गरेको भन्ने विषयमा रेग्मीमाथि छानविन गर्न लागिएको हो । तर उक्त एयरपोर्टको घट्नामा पहिला आफूमाथि भन्सारका कर्मचारीले हात हालेको र आफूले प्रतिकार मात्रै गरेको बताउँदै उनले तर भन्सारका कर्मचारीले आफूलाई फसाउन आफ्नो भिडियोमा मात्रै सार्वजनिक गरेर बदनाम गरेको बताउँदै आएका छन् । 

भन्सारका कर्मचारीले उक्त दिन आफूले मदिरा सेवन गरेको भनेर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजबाट नक्कली मेडिकल रिपोर्टसमेत बनाउने काम गरेको र पछि आफूले त्यस्तो रिपोर्ट बनाउनेविरुद्द मुद्दा हाल्ने बताएपछि डाक्टरले अर्को रिपोर्ट बनाएको रेग्मीको भनाई छ । 

पर्यटनसम्वन्धी कार्यक्रममा बेलायतमा सँगै गएका पर्यटनमन्त्री आले र सीईओ रेग्मीबीच मतमुटाव भएको थियो । कार्यक्रमस्थलमा ढिलो पुगेका मन्त्रीले आफूले बोल्न नपाएको भन्दै झगडा गरेका थिए । लामो तित्ततापछि आज मन्त्रीको दबाबमा बोर्डले छानविन समिति बनाउने निर्णय गरेको हो । 

पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेकोले आवश्यक छानविन नसिक्किएसम्म निलम्बन गरिएको बोर्ड सदस्य विप्लप पौडेलले जानकारी दिए । 

उनका अनुसार एक साताको लागि गठन भएको उक्त समितिमा बोर्डका उपाध्यक्ष रिजालसहित तीन सदस्य छन् । दुई सदस्यमध्ये एक जना पर्यटन मन्त्रालय र एक जना कानून मन्त्रालयका प्रतिनिधि हुने भएका छन् । रेग्मीलाई निलम्बन गरिएसँगै बोर्डकै वरिष्ठ निर्देशक नन्दिनी थापालाई निमित्त सीईओको जिम्मेवारी दिइएको छ ।

विशिष्ठ अतिथि बन्न पुगेका पर्यटन बोर्डका सीईओलाई पर्यटनमन्त्रीले मञ्चबाट बाहिर निकाले

पर्यटन बोर्ड सीईओको स्पष्टिकरण गुमनाम, मन्त्रीको निर्देशन नआएकोले कारवाही गर्न सकिएनः सचिव

पर्यटन बोर्डको बजेटः मुख्य उद्देश्य पन्छाउँदै, प्रवर्द्धन खर्च घटाएर विकास निर्माणमा बढाउँदै

पर्यटन बोर्डका सीईओसँग तीन दिने स्पष्टिकरण, चित्त बुझ्दो जवाफ नआए कारवाही

युनियन र व्यवस्थापनको चेपुवामा बोर्डका कर्मचारी, सूचना चुहाएको विषयमा छानबिन समिति

पर्यटन बोर्डमा बेथितिः खरिद ऐन छल्न साढे २८ लाखको बजेटलाई आठ टुक्रा

लोकसेवाको सिद्धान्त विपरित बोर्डमा कर्मचारी, व्यक्ति हैन संस्था बनाउन गएको हो: सीईओ

सीईओ हटाउन अपनाउने बोर्डको व्यवस्था

Advertisement

Advertisement