जलविद्युत आयोजना परीक्षण गर्ने क्रममा पाइप बिस्फोट हुँदा दुई इन्जिनियरको मृत्यु, एक घाइते

Advertisement

सोलुखुम्बु । निर्माण सम्पन्न भई उत्पादनको तयारीमा रहेको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पानी परीक्षण गर्दा पाइप बिस्फोट भई दुई जना इन्जिनियरको मृत्यु भएको छ । कुल ८६ मेगावाट क्षमताको यो आयोजनामा आइतबार बेलुकी यो दुर्घटना भएको हो । 

दुर्घटनामा आयोजनाका व्यवस्थापक गम्भीर घाइते भएको समाचार छ । सुरुङ निर्माण सम्पन्न भई विद्युत् उत्पादनको अन्तिम तयारीमा रहेको सोलुखोला दुधकोशीमा फलामको पाइपमा पानी हाल्ने क्रममा पाइप पड्किएर मावनीय क्षति भएको हो । मृत्यु हुनेमा २६ बर्षीय इन्जिनियर सुवाश रेग्मी र २९ बर्षीय अर्जुन थापा छन् । 

Advertisement

रेग्मी आयोजनाको हाइड्रो मेकानिकलको जिम्मा लिएको माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर हुन् भने थापा कन्सल्ट्यान्ट इन्जिनियर हुन् । घटना हुँदा बेहोस भएका दुवैलाई उपचारका लागि लैजाने क्रममा नै मृत्यु भएको जनाइएको छ । 

त्यस क्रममा हाइड्रो मेकानिकल कम्पनीका प्रोजेक्ट म्यानेजर मोहम्मद राइन गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । 

Advertisement

Advertisement