पुबुदु नेपाल आइपुगे, नेपाली क्रिकेट चम्किने आशा

Advertisement

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पुनः नियुक्त गरेका नेपाली क्रिकेटका मुख्य प्रशिक्षक पुबुदु दासानायके नेपाल आइपुगेका छन् । 

यसअघि पनि नेपाली टोलीलाई प्रशिक्षण गराएका मुख्य प्रशिक्षक पुबुदु मंगलबार नेपाल आइपुगेका हुन् । विमानस्थलमा पुबुदुलाई क्यानका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरेका थिए । 

Advertisement

क्यानको मंसिर २५ गतेको बोर्ड बैठकले मुख्य प्रशिक्षकको रुपमा पुबुदुलाई अनुमोदन गरेपछि उनले पुनः नेपाली टोली सम्हाल्ने जिम्मेवारी पाएका हुन् । आज विमानस्थल ओर्लिपछि सञ्चारकर्मीसँग बोल्दै प्रशिक्षक पुबुदुुले पुनः नेपाली टोलीको जिम्मेवारी पाएकोमा खुुसी ब्यक्त गरे । 

साथै नेपालको चुनौति सामना गर्न आफू तयार भएको पनि बताए । पहिले नेपाली टोली सम्हाल्दा र अहिले टोली सम्हाल्दा फरक भएको भन्दै दासानायकेले नेपाली क्रिकेट नयाँ उचाईमा पु¥याउने जिम्मेवार थपिएको बताए ।

उनले हाल नेपाली टोलीमा खेलाडी र क्यानबीचको समस्या संसारका सबै जसो देशमा हुने गरेको र नेपालको समस्या समान्य भएको भन्दै बन्द कोठा भित्र रहेर छलफल गरेको खण्डमा समाधान हुने विश्वास व्यक्त गरे । 

प्रशिक्षक दासानायकेले क्रिकेट अगाडि बढाउनका लागि खेलाडी र क्यानले सहयोग गर्ने विश्वास ब्यक्त गरे । प्रशिक्षक दासानायकेले यसअघि सन २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हालिसेका छन् । 

उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन २०१४ मा आईसीसी ट्वान्टी–२० विश्वकप खेलेको थियो । सोही हिसाबले उनलाई नेपालको एक सफल क्रिकेट प्रशिक्षकको रुपमा लिइन्छ । 

पूर्वमुख्य प्रशिक्षक डेव ह्वाटमोरले ओमान भ्रमणको क्रममा उतैबाट राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षकविहीन रहेको थियो । त्यसपछि क्यानले खुल्ला प्रतिस्पर्धाबाट पुबुदुलाई प्रशिक्षकको रुपमा नियुक्त गरेको हो ।

Advertisement

Advertisement