काठमाडौं । बंगलादेशको ढाकामा सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा सहभागी नेपाली भलिबल टोली बिहीबार स्वदेश फर्किएको छ ।
उपाधि जितेर फर्किको नेपाली टोलीलाई नेपाल भलिबल संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज पनि पुगेका थिए ।
सेन्ट्रल जोन भलिबल च्यालेन्जकपको उपाधि रक्षा गरेको महिला टोली र चौथो भएको पुरुष टोलीसहित दुई निर्णायक र पदाधिकारीसहितको टोली बिहीबार स्वदेश फर्किएको हो । यसअघि २०१९ मा नेपाल पहिलो पटक उपाधि जितेको थियो ।
पुरुषतर्फको खेलमा नेपाली टोलीले मध्यम प्रदर्शन गरे पनि महिलातर्फ भने अपराजित रहँदै उपाधि जितेको थियो । सोही महिला टोलीलाई स्वागत गर्न युवा तथा खेलकुद मन्त्री गहतराज, नेपाल भलिबल संघका पदाधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
बिहीबार अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि नेपाली महिला टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले नेपाल महिला भलिबलमा राम्रो भएको र अबको दिनमा भलिबका लागि छुट्टै अन्तर्राष्ट्रिय स्तरको भलिबल प्रशिक्षण स्थल आवश्यक भएको बताए । प्रतियोगिता अगाडिभन्दा पनि सधै निरन्तर नेपाली टोलीलाई अभ्यासमा निरन्तर बनाउँदै चलयमान बनाउन सके नेपालको भलिबल निकै माथि पुग्ने नेपाली टोलीका मुख्य प्रशिक्षक भट्टले बताए ।
यस्तै उपाधि जितेर स्वदेश फर्किएपछि नेपाली महिला टोलीकी कप्तान अरुणा शाहीले पनि प्रशिक्षक भट्टले भने जस्तै भलिबललाई सुविधा सम्पन्न कभर्डहल आवश्यक भएको बताइन् । कप्तान अरुणाले ग्रासरुट लेभलबाट नै भलिबलमा काम गर्न सके आउँदा दिनमा बलिया राष्ट्रमा अझै राम्रो सफलता हात पार्ने बताइन ।
बंगलादेशको ढाकामा मंगलबार सम्पन्न फाइनल खेलमा नेपाली महिला टोलीले ज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै उपाधि रक्षा गरेको थियो । साविक विजेता नेपाली महिला टोलीले अपराजित रहँदै उपाधि उचाल्ने क्रममा लिग चरणको पहिलो खेलमा श्रीलंकालाई ३–२ ले हराएको थियो भने बंगलादेश, माल्दिभ्स, उज्वेकिस्तान, र कीर्गिस्तानमाथि ३–० को सोझो सेटमा हराएको थियो ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि जित्ने महिला भलिबल खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय समेत गरेको छ । बैठकले उपाधि जित्ने १२ खेलाडीलाई जनही पाँच लाख, दुई प्रशिक्षकलाई जनही ३ लाख र एक अफिसियललाई २ लाख रुपैयाँ नगदले पुरस्कृत गर्ने निर्णय गरेकोे छ ।
बंगलादेशको ढाकामा सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा सहभागि भएको नेपाली महिला टोलीलाई स्वागतमा पूmल, माला, खादा सहिद स्वागत गर्दा पुरुष टोली भने उपेक्षमा पर्यो ।
नेपाल भलिबलकी उपाध्यक्ष निरोज मास्केको नेतृत्वमा भएको स्वागत कार्यक्रममा महिला टोलीको चर्चा भयो तर पुरुष टोली भने गुमनामका साथ विमानस्थलबाट बाहिरिन पुगे । स्वागत गर्न भलिबल संघले नेपाली टोली बाहिरिएको पत्तै पाएन ।
च्याम्पियन महिला टोली राष्ट्रिय खेलकुद परिषदको बसमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आयोजना गरेको सम्मान कार्यक्रममा सवार हुँदा पुरुष टोली भने आफू खुसी विमानस्थलबाट बाहिरिएका थिए । पुरुष टोलीका लागि न्यु डायमन्ड एकेडेमीको बस ब्यवस्थापन गरिए पनि पुरुष खेलाडी आपूm खुसी ट्याक्सी चढेर विमानस्थलबाट बाहिरिएका हुन् ।