स्पेनिस ला लिगाः काडिजमाथि सेभियाको कठिन जित

Advertisement

एजेन्सी/म्याड्रिड । स्पेनिस ला लिगाको दोस्रो स्थानमा आसिन सेभियाले रेलिगेसनको दबाबमा रहेको काडिजमाथि कठिन जित निकालेको छ । सोमबार राति भएको खेलमा सेभियाले काडिजलाई उसैको मैदानमा १–० गोलले हरायो ।

प्रतिस्पर्धात्मक खेलमा सेभियालाई जिताउन लुकास ओकम्पोसले निर्णायक गोल गरे । लुकासले ५८औँ मिनेटमा इभान राकिटिकको पासमा गोल गरेका थिए । ७५ प्रतिशत बल पोसेसन राखेको सेभियालाई गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो ।

Advertisement

बलियो सेभियालाई रोक्ने काडिजको रणनिति पहिलो हाफमा सफल भएपनि दास्रो हाफमा विफल बन्यो । घरेलु मैदानमा नौ वटा पोस्ट प्रहार गरेको काडिज अन्तमा हार खेप्न बाध्य बन्यो ।

निर्णायक गोल गरेका सेभियाका लुकास ओकम्पोस ‘म्यान अफ दी म्याच’ भए । जितसँगै सेभियाले १९ खेलबाट ४१ अंक बनाएको छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको २० खेलबाट ४६ अंक छ । तेस्रो स्थानमा रहेको रियल बेटिसको ३३ अंक छ । पराजित काडिज १४ अंकसहित १९औं स्थानमा छ ।

सोमबार रातिनै भएको खेलमा भिल्लारियलले लिभान्तेलाई ५–० गोलले हरायो । घरेलु मैदानमा भएको एकपक्षीय खेलमा भिल्लारियललाई जिताउन जेरार्ड मोरेनोले दुई गोल गरे । बोउलाए डिया, पाउ टोरेस र मनु त्रिगेरोसले एक एक गोल गरेका थिए । जितसँगै २८ अंक बनाएको भिल्लारियल आठौं स्थानमा छ । आठ अंक बनाएको लिभान्ते तालिकाको अन्तिममा छ ।

अर्को खेलमा एथलेटिक बिल्बाओले १० खेलाडीमा समेटिएको ओसासुनालाई उसैको मैदानमा ३–१ गोलले हराएको छ । बिल्बाओको जितमा ओइहान सानसेटले ह्याट्रिक गरे । ओसासुनाका किके गार्सियाको सुरुवाती गोल सान्त्वना गोलमा परिणत भएको थियो । जितसँगै २७ अंक बनाएको बिल्बाओ १०औँ स्थानमा छ । पराजित ओसासुना २२ अंक सहित १४औं स्थानमा छ ।

विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । हरेक हप्ता आउने ला लिगाको खेल अब हप्ताको ५० रुपैयाँ शुल्क तिरेर हेर्न सकिने छ ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

Advertisement

Advertisement