‘जनताले सास्ती र राष्ट्रको अस्तित्वप्रति नै चिन्ता गर्नुपर्ने तन्त्रमा समय बर्बाद नगरौं’

Advertisement

काठमाडौं । गद्दीबिहीन अवस्थामा रहेका राजा ज्ञानेन्द्र शाहले देश परायाहरुको खेल मैदान बनिसकेको खतराको अनुभूति हरेक नेपालीले गरिराखेको बताएका छन् ।

तीन सयौं पृथ्वी जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै राजा ज्ञानेन्द्रबाट यस्तो भनाई आएको हो । उनको संकेत अमेरिकी संस्था एमसीसीसँग भएको सम्झौता अनुमोदन गर्न एउटा पक्षबाट भइरहेको दबाब र त्यसलाई रोक्न अर्को पक्षबाट भइरहेको प्रयासतर्फ लक्षित देखिन्छ । 

Advertisement

राजा ज्ञानेन्द्र शाहले गणतन्त्रप्रति घुमाउरो तरिकाले अब यसको विकल्प खोज्न ढिला गर्न नहुने संकेत गरेका छन् । सन्दभेमा भनिएको छ, “सबैभन्दा उन्नत दाबी गरिएको तन्त्रमा जनताले सास्ती र राष्ट्रले अस्तित्वप्रति नै चिन्ता गर्नुपर्ने परिस्थिति बन्दछ भने त्यस्तो तन्त्रमा अभ्यासको व्यर्थ प्रयासमा समय बर्बाद गर्न नहुने निष्कर्षमा पुग्न विलम्ब गरिनुहुँदैन ।”

राजा ज्ञानेन्द्रले राष्ट्रियताका आधारहरुमाथि प्रहार भई देशको अस्तित्वसमेत संकटमा पारेको यस स्थितिमा एकताको महत्व र बडामहाराजधिराजका योगदान एवम् दिव्य उपदेशको सान्दर्भिकता थप बढेको महसुश भएको बताएका छन् ।

Advertisement

Advertisement