‘पृथ्वीनारायण शाहले निर्माण गरेको राष्ट्रमा रजाइँ गर्नेले उनलाई नसम्झे पनि हामी सम्झिन्छौं’

Advertisement

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले राष्ट्रमा रजाइँ गर्नेहरुले नसम्झे पनि एउटा सच्चा नेपालीले पृथ्वीनारायण शाहलाई कहिल्यै बिर्सन नसक्ने बताएका छन् । 

तीन सयौं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमा पृथ्वीनारायण शाहको स्मरण गर्दै उनले राष्ट्रिय एकता दिवस हाम्रो सम्पदा भएको बताएका छन् । 

Advertisement

आचार्य लेख्छन्, ‘उनले निर्माण गरेको राष्ट्रमा रजाइँ गर्नेहरुले नसम्झे पनि एउटा सच्चा नेपालीले पृथ्वीनारायण शाहलाई कहिल्यै बिर्सन सक्दैन । हरेक देशका साँझा सम्पदा हुन्छन् । राष्ट्रिय एकता दिवस हाम्रो यस्तै एउटा सम्पदा हो। पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको यो उपलक्ष्यमा म सबै नेपालीहरु बीचको सम्बन्ध अझै प्रगाढ हुँदै जाओस्, हामीलाई कहिल्यै कसैले टुटाउन फुटाउन नसकोस्, यही कामना गर्दछु । हिजो माओवादी द्वन्दकाल र 'नयाँ नेपाल' निर्माणको भूत सवारको समयमा पृथ्वीनारायण शाहलाई सम्झन पनि कठिन थियो । तर, हामी केहीले यो आवाजलाई मर्न दिएनौं । आज यो संख्या ठूलो छ। यो खुशीको कुरा हो । पृथ्वीनारायण शाहका दिव्योपदेश राज्य सञ्चालनको बडापत्र हुन । तिनको अनुशरण गरिनु पर्छ । कतिपय दल र व्यक्तिले सुझाए जस्तै यो दिनलाई 'नेपाल दिवस'को दिनको रूपमा मनाउनु पर्छ ।’

मंगलबार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस जनस्तरबाट व्यापकरुपमा मनाउने तयारी गरे पनि सरकारले भने यो दिवस मनाउन तथा राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा दिन आनाकानी गरिरहेको छ । 

Advertisement

Advertisement