आर्थिक विकासमा छलाङ मार्छु भन्थे, देश त सोमालिया पो हुन लाग्योः डा. आचार्य

Advertisement

काठमाडौं । संविधानविद डा. भीमार्जुन आचार्यले देश सोमालियाको दर्जामा पुगेको भन्दै चिन्ता प्रकट गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले ठूलो विरासत, पहिचान र अन्तर्राष्ट्रिय छवि बोकेको नेपाल सोमालिया हुन लागेको बताएका हन् । 

आचार्य लेख्छन्, ‘त्यति ठूलो विरासत, पहिचान र अन्तर्राष्ट्रिय छवि भएको मुलुकको हैसियतलाई हामीले हेर्दाहेर्दै सोमालियाकै दर्जामा पो पुर्याएछौ। राजनीतिक, आर्थिक, सामाजिक सबै क्षेत्रमा निकै ठूलो छलाङ्ग हुन्छ भनिएको थियो, भएरै छाड्यो। धन्य हो। प्रसंग नेपाली पासपोर्टको अन्तर्राष्ट्रियस्तर ! राष्ट्रको अन्तर्राष्ट्रिय छवि वा इज्जत एउटा व्यक्ति, नागरिक वा व्यवसायीका कारण भन्दा पनि सत्तासीन व्यक्ति र राजनीतिज्ञका कारण नामी वा बदनामी हुन जादो रहेछ ।’

Advertisement

उनले मुलुकको संवृत्तिको बाधक राजनीतिक दल र तिनका नेताको पछि लाग्ने लम्पट कार्यकर्ता भएको भन्दै उनीहरु नसुध्रिएसम्म यो देशको विकास नहुने बताउँदै आएका छन् ।

Advertisement

Advertisement