‘देशलाई माया गर्ने धेरै विदेशिए, बाँकी रहेका संगठित छैनन्, संगठित छन् त लठैत कार्यकर्ता मात्रै’

Advertisement

काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले राजनीतिक दल र नेताको अदूरदर्शिताका कारण मुलुक असफल राष्ट्र हुन लागेको भन्दै चिन्ता व्यक्ति गरेका छन् । 

योहो टेलिभिजन कार्यक्रममा बुधबार बोल्दै उनले अझै पनि ठूला दलका नेतालाई कुनै चिन्ता नरहेको बताए । आचार्यले ठूला दलका दुई समूह आ–आफ्नो अहम सिद्ध गर्न लागिपरेको बताउँदै अहिले जिम्मेवारी दिइएका पात्रहरु त्यसका लागि डिर्जभ नै नरहेको बताए । 

Advertisement

आचार्यले ठूला दलमा मुलुकलाई कमाण्ड गरेर लैजानसक्ने एउटै पनि नेता नरहेको बताउँदै भने, ‘यिनीहरु त ठग हुन नि । आफ्ना ती लठैत कार्यकर्तालाई ब्रम्हलुट गर्न दिने, उनीहरुको संगठत शक्तिको भरमा देशमा लुट चलाउने त हुन नि यिनीहरुले ।’

निकै आक्रामकरुपमा प्रस्तुत हुँदै उनले थपे, ‘कुनै एक जनाले, प्रचण्डले, देउवाले, ओलीले, माधव नेपालले, बाबुरामले मुलुकको लागि राम्रो काम गरेको दृष्टान्त दिन सक्नुहुन्छ ?’ अयोग्यहरुलाई पदमा पुर्याएका कारण उसले राज्य र कानुनलाई तामासा बनाउने काम गरेको आचार्यको तर्क छ । 

उनले चुनाव भए पनि यिनीहरु नै दोहोरिएर आउने चिन्ता प्रकट गरे । आचार्यले विकल्पका लागि आमुल हेरफेर जरुरी रहेको बताए । चुनावबाट मुलुकमा परिवर्तन ल्याउन सकिने संभावना रहेको बताउँदै त्यो परिवर्तन गर्नसक्ने चेत राख्ने, मुलुकलाई माया गर्ने विशेषगरी युवाहरुको ठूलो समूह बाहिरिसकेको, नेपालमा बाँकी नरहेकाहरु पनि संगठित हुन नसकेको बताए । 

आचार्यले भने, ‘नेपालको अर्को विडम्बना के भइदियो भने त्यो चेत राख्ने, देशप्रति माया गर्ने ठूलो हिस्सा खासगरी युवा यो मुलुकमा छन् । तर भइदियो के भने यो देशको यस्तै बिडम्बनाले गर्दा देशको त्यो ठूलो संख्या मुलुकभन्दा बाहिर गएको छ । भोटिङको टाइममा यहाँ प्रिजेन्ट्स नै हुन्न् । लाखौं संख्या भोटबाट बन्चित हुँदा....हामीले अनलाइन भाटिङको व्यवस्था गरौं भन्दा यिनै नेताले मानिराखेका छैनन् । उनीहरु उता हुँदा निर्णायक मत भएन् । यहाँ छ नेतामा तपाईं हामी जस्ता नेपाल चाहाने लाखौं मानिस । हामी संगठित छैनौं । यहाँ हुँदो के रहेछ भने खराब चाहीं संगठित छन् । म आज पनि दोहोर्याउन चाहान्छु । यो देशको प्रगतिको, यो देशको खुसीको बाधक कोही छ भने लाखौं लठैत कार्यकर्ता हुन् । चुनावको समयमा उनीहरु संगठित हुन्छन् ।’

ध्वम्सपछि निर्माण हुन्छ भन्ने कतिपयको कथनलाई आचार्यले अस्वीकार गर्दै कसैको मिशनमा माओवादीले चलाएको हिंसात्मक द्धन्द्धका कारण नेपालको सामाजिक संरचना, गाउँको संरचना, नेपालको सम्पदा, संस्कृति, धर्म, एकता, सदभाव ध्वस्त पारेर मुलुकलाई विकासमा दशकौं पछाडि धकेल्ने काम गरेको बताए । 

भिडियोः

Advertisement

Advertisement