काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्न लागेको बताएका छन् ।
राज्यमन्त्री श्रेष्ठले सरकारले विद्यालय तह, प्राविधिक शिक्षालय र उच्च शिक्षाको छुट्टाछुट्टै कानुन बनाउन लागेको उल्लेख गर्दै ती कानुनहरु बनेपछि शिक्षा क्षेत्रमा लगानी गर्ने वातावरण अझ बढि बन्ने बताए ।
शनिबार काठमाडौंको सानो भ¥याङस्थित स्वस्तीश्री गुरुकुल विद्यालयले आयोजना गरेको कार्यक्रममा श्रेष्ठले शिक्षा क्षेत्र र स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पु¥याउने काममा सरकार लागि परेको बताए ।
उनले भने, ‘अब संघीय कानुन बनिसकेपछि तीन वटा कानुन बन्दैछ । एउटा स्कुल लेवलको कानुन । टेक्निकल शिक्षाको कानुन र उच्च शिक्षाको कानुन बन्छ । त्यो बनिसकेपछि शिक्षा क्षेत्रमा लगानी गर्ने वातावरण अझ बढि बन्छ । त्यो कुराको अपेक्षा गरौं । यस कुरामा म तपाईंहरुलाई आश्वस्त पनि गराउन चाहन्छु ।’
राज्यमन्त्री श्रेष्ठले शिक्षा क्षेत्रको विकासमा अझ सक्रियताका साथ लाग्न पनि निजी क्षेत्रका लगानीकर्ताहरुलाई आह्वान गरे ।