विरोधमा उत्रिएका सुकुम्बासीको सरकारलाई प्रश्न– बाघलाई चाहीं संरक्षण गर्ने हामीलाई नगर्ने ?

Advertisement

काठमाडौं । बसोवासको आधारमा लालपुर्जा दिन वितरण गर्न माग गर्दै सुकुम्बासीले सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले सो माग गर्दै माईतीघर मण्डलादेखि बिजुलीबजारसम्म ¥याली गरेको हो । 

कार्यक्रममा बोल्दै मोर्चाका अध्यक्ष कुमार कार्कीले बसोवासको आधारमा लालपुर्जा वितरण तथा स्थायी विकल्पबिनाको उठिवास सदाका लागि बन्द गर्न दबाबमूलक ध्यानाकर्षण ¥याली गरेको बताए । उनले एउटा सरकारले लालपुर्जा दिन फर्म भर्ने, अर्को सरकार उठिवासको सूचना टाँस्दै हिँडेकोले सरकारको द्धैध चरित्रको विरुद्धमा ध्यानाकर्षण गराएको बताए । 

Advertisement

अध्यक्ष कार्कीले अधिकार प्राप्तिको निम्ति प्रदर्शन गर्दा प्रशासनले छेक्ने काम गरेको आरोपसमेत लगाए । सरकारले सुकुम्बासीहरुका झुपडी भत्काउने काम गरेकोले त्यसतर्फ ध्यानाकर्षण गराएको र राजनीतिक दलहरुले आफ्नो घोषणापत्रमा भने बमोजिम सुकुम्बासीका समस्या समाधान गर्नुपर्ने उनले बताए । 

अध्यक्ष कार्कीले भने, ‘आज नेपालमा सुकुम्बासीलाई बिना विकल्प उठिवास गराउने, एउटा सरकारले लालपुर्जा दिन फर्म भर्ने, अर्को सरकार उठिवासको सूचना टाँस्दै हिँड्ने सरकारको द्धैध चरित्रको बिरुद्धमा र सरकारलाई ध्यानाकर्षण गराउनका निम्ति हामी आज शान्तिपूर्ण, सांकेतिक ध्यानाकर्षण ¥याली गरिरहेका छौँ । तर आजको हाम्रो ध्यानाकर्षण ¥यालीलाई प्रशासनले छेक्ने काम गरिरहेको छ ।’

आफूहरुले अधिकार प्राप्तिका लागि प्रदर्शन गरिरहेको बताउँदै उनले भने, ‘हाम्रो झुपडी भत्काउने खालको सरकारको जुन रबैया छ, त्यसप्रति ध्यानाकर्षण गराउँछाँै । देशभर कार्यक्रम सञ्चालन गर्ने संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको योजना छ । बाघलाई संरक्षण गरेर राख्ने सरकारले भोट हालेका नागरिकलाई पनि संरक्षण गर्नुपर्छ । हिजो घोषणापत्रमा जे भन्नुभएको थियो, हामीलाई भोट हाल्नुस् हामी तपाईंलाई पुर्जा दिन्छौँ भन्नुभएको थियो । तर सरकारले ५ वर्ष बितिसक्दा पनि हामीलाई बसोवासको आधारमा पुर्जा दिनुको साटो बिना विकल्प उठिवास गराउने सूचना प्रवाह गरेर तरंगित गरेको छ ।’

Advertisement

Advertisement