ओलीको तर्क– देउवाको ढोका चाहार्ने प्रचण्ड र माधवलाई कामरेड भन्न मिल्दैन्

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई ‘कामरेड’ भन्न नमिल्ने टिप्पणी गरेका छन् । 

मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल)का नेता योगेन्द्र ढकाल र अजिता जिसीलाई शुक्रबार पार्टी कार्यालयमा पार्टी प्रवेश गराउने क्रममा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाको ढोका चाहार्ने प्रचण्ड र माधव नेपाललाई ‘कामरेड’ भन्न नमिल्ने तर्क गरेका हुन् । 

Advertisement

काँग्रेसले हात नदिए हिँडन नसक्नेहरुलाई बामपन्थी भन्न नमिल्ने उनले प्रधानमन्त्री देउवाबाहेक काँग्रेस नेताहरुले चुनावमा गठबन्धन नगर्ने भन्दा पनि प्रचण्ड–माधव नेपालले त्यसैलाई निरन्तरता दिने भनिरहेको सुन्दा अचम्म लाग्ने गरेको बताए । 

ओलीले भने, ‘हामी सुनिरहेका छौं–हामी कुनै हालत पनि गठबन्धन तोडदैनौं भनेर । नेपाली काँग्रेसको शेरबहादुर देउवाबाहेक प्रायः हामी संयुक्त चुनावमा जाँदैनौं, गठबन्धन हुँदैन भनेर काँग्रेसका नेताहरु भन्छन । बामपन्थीहरु तिनीहरुले हात नदिए हामी कसरी हिँडने ? हामी त गठबन्धन छोडन सक्दैनौं चुनावसम्मै यो गठबन्धन चाहिन्छ भनेर बामपन्थी खोल ओढेका यो गठबन्धनको कुरा गरिरहन्छन । अब हामीले छुट्टयाउने कसरी ?’

उनले थपे, ‘कतिपय मान्छेहरु भुलस प्रचण्ड कामरेड, माधव कामरेड भन्छन । के का कामरेड नि ? शेरबहादुर देउवाभन्दा अगाडिअगाडि शेरबहादुर देउवाको ढोकामा पस्न पाईदैन । ढोकामा त त्यहाँ यिनीहरु बसेका छन नि । भित्र जाँदा शेरबहादुर के गर्दैछन, पछि हेरौैंला । तर गेटमा त यिनीहरु बसेका छन त । त्यसकारण यी चाँही कामरेड भनेर हुन्छ । कामरेड–सामरेड सबै गुटमुट्याएर एकैठाउँ राखि दिनुपर्छ, आगामी चुनावबाट ।’

Advertisement

Advertisement