प्रचण्डले एमसीसीबारे झिल्केमिल्के कुरा गरेर देशलाई गम्भीर संकटमा पुर्याएः पोखरेल

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे दूर्भाग्यपूर्ण अभिव्यक्ति दिने गरेको बताएका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा निर्माण गरिएको धुम्बाराही पार्कको शनिबार उद्घाटन गर्दै उनले जनतालाई अल्मल्याउने गरी एमसीसीबारे झिल्केमिल्के कुरा गरेर देशलाई गम्भीर नोक्सान पु¥याउने काममा प्रचण्डले गरेको बताए । प्रचण्डले एमसीसीबारे विदेशीसँग एउटा कुरा, कार्यकर्तासँग अर्को कुरा र जनतासँग बेग्लै कुरा गरेर फट्याईं गरेको पोखरेलको तर्क छ । 

Advertisement

राजनीतिक पार्टीका नेताहरुले देश र जनताको हित विपरित हुने यस्ता खालका गतिविधिले समाजमा झनै विकृति भन्दै उनले भने, ‘राजनीतिक ढंगले अनेक खालका दूभाग्यपूर्ण विवादहरु देखिरहेका छौं हामीहरु । म एउटा राजनीतिक पार्टीको जिम्मेवार कार्यकर्ता पनि हुँ । राजनीतिक पार्टीका मान्छेहरुमा विकृति आयो भने समाजमा पनि विकृति बढछ । राजनीतिक पार्टीका नेता यता हे¥यो यतैका कुरा, उता हे¥यो उताका कुरा । ऊ पर हे¥यो, परका कुरा गर्ने खालका भएभने त्यो फट्याईबाट समाज आक्रान्त हुन पुग्छ । यो कुरालाई पनि चिन्नुपर्ने जरुरी हुन्छ ।’

नेता पोखरेलले सार्वजनिक सम्पत्तिहरु अतिक्रमण हुन नदिन र त्यसको सदूपयोग हुने गरी अघि बढाउनका लागि स्थानीय तहहरुले जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने बताए । 

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिकालाई सुन्दर र हराभरा बनाउन आफूहरुले पार्क निर्माण कार्यलाई तीव्रता दिएपनि त्यसको सदूपयोग हुन नसकेको गुनासो गरे । 

Advertisement

Advertisement