माओवादी केन्द्रको निर्णयः संशोधनविना एमसीसी सम्झौता अनुमोदन अस्वीकार्य

Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रले संशोधनविना अमेरिकी संस्था एमसीसीसँगको सम्झौता संसदबाट अनुमोदन हुननसक्ने निर्णय गरेको छ । 

बुधबार बसेको सो पार्टीको संसदीय दलको बैठकले मुलरुपमा तीन वटा निर्णय गर्दै सम्झौता संशोधन गरेर राष्ट्रिय हितविपरितका निर्णयहरु हटाउनुपर्ने निर्णय गरेको हो । 

Advertisement

बैठकले एमसीसी पास गर्न राष्ट्रिय सहमति र गठबन्धनबीच सहमति हुनैपर्ने निर्णय गर्दै त्यसका लागि पहिला संसद खुल्नुपर्ने, नखुली एमसीसी टेबल गर्न नमिल्ने निर्णय गरेको छ । अहिले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण संसद अवरोध रहँदै आएको छ । 

Advertisement

Advertisement