शुक्रबार एमसीसी टेबुल हुनैपर्छ, अब म ‘ब्याक’ हुन्नः देउवा

Advertisement

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ६ गते (शुक्रबार)को संसद बैठकमा अमेरिकी संस्था एमसीसीसँगको सम्झौता टेबुल हुनैपर्ने अडान राखेका छन् । 

संसदको आज बुधबारको बैठकमा उक्त प्रस्ताव टेबुल गर्ने कुरा भए पनि सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी पछि हटेपछि कार्यसुचीबाटै हटाइएको थियो । 
 
आजै संसदमा पेश गर्ने कुरा भए पनि सहमतिका लागि बिहीबारसम्मको समय दिएको गृहमन्त्री बालकृष्ण खाँणलाई बताएका छन् । देउवाले अब बस्ने बैठकमा भने कुनै पनि हालतमा एमसीसी टेबुल गर्ने अडान लिएका छन् ।

Advertisement

देउवाको भनाई उदृत गर्दै खाँणले भनेका ‘एमसीसी आजै टेबुल गर्ने कुरा थियो । तर सहमतिको लागि भोलि एक दिन छलफल हुन्छ । सहमति भएपनि वा नभएपनि अब बस्ने बैठकमा भने एमसीसी टेबुल हुन्छ, अब म ब्याक हुन्नँ । यो विषयमा संसद्मा छलफल होस भन्ने म चाहन्छु ।’

बिहीबार यस विषयमा सत्तारुढ दलबीच कुरा गर्ने योजना छ । आज संसदमा एमसीसी टेबुल गर्ने भनिएकाले राष्ट्रिय प्रजातन्त्र पार्टीसहित विभिन्न दल, नागरिक समाज र संघसंस्थासम्वद्ध व्यक्तिले राजधानी काठमाडौंमा प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच मुठभेड हुनुका साथै प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा हान्दा केही घाइते पनि भएका थिए । 

Advertisement

Advertisement