रुसले युक्रेनमाथि हमला गरेपछि तेलको भाउमा उच्च वृद्धि, एशियाली शेयर बजारमा गिरावट

Advertisement

एजेन्सी । रुसले युक्रेनमाथि हमला गरेसँगै तेलको भाउ सात बर्षयता कै उच्च हुन पुगेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा सैन्य कारबाही घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ उच्च बिन्दुमा पुगेको हो ।

तेलको मूल्य एक्कासी बढेर प्रतिब्यारल सय डलर पुगेको छ । रुस–युक्रेन तनाजको असर एशियाली शेयर बजारमा पनि देखिएको छ । अहिले एशियाली शेयर बजार व्यापारमा २ देखि ३ प्रतिशतले गिरावट आएको बीबीसीले जनाएको छ । 

Advertisement

लगानीकर्ताहरु शेयर बजारभन्दा सुनलगायतका अरु सुरक्षित लगानीतर्फ लाग्न थालेका छन् । अहिले सुनको भाउ एक वर्षयतायता कै उच्च बिन्दुमा पुगेको छ ।

Advertisement

Advertisement