एमसीसी पास नभए नेपाल भूराजनीतिक चपेटामा पर्छः भट्टराई, लटरपटर कुरा नगर्न प्रचण्डलाई सुझाव

Advertisement

काठमाडौं । सत्तासाझेदार जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । 

राजधानी काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा संसदबाट एमसीसी पास गर्ने बेला आफूहरु बाहिरिने भनेर लटरपटर कुरा नगर्न प्रचण्डलाई चेतावनी पनि दिए । 

Advertisement

भट्टराईले एमसीसी सम्झौता संसदमा रहेको कूल सदस्य संख्याको स्पष्ट बहुमतबाट पारित गर्न साथ नदिए माओवादी केन्द्र सरकारबाट बाहिरिनु पर्ने र त्यसको ठाउँका अर्को पार्टी आउने दावी समेत गरे । सरकारमा बसेर तर मार्ने अनि बाहिरबाहिर राष्ट्रवादी बन्न नपाइने उनको तर्क छ । 

नेता भट्टराईले आफूहरु संसदबाट स्पष्ट बहुमत पु¥याएर सो सम्झौता पारित गराउन लागि परेको बताए । एमसीसी मुलुकको समृद्धि र विकासका लागि पनि नेपालले पारित गरेर जानुपर्ने उनले बताए । एमसीसी पारित नभए नेपाल चीन, भारत र अमेरिकाको भूराजनीतिक चपेटामा पर्ने खतरासमेत रहेको भट्टराईले बताए । 

उनले भने, ‘मैले प्रष्ट ढंगले भनेको छु– संसदमा पनि र बाहिर पनि मैले भनेको छु । फेरि पनि भन्न चाहन्छु– यो एमसीसी सहमतिबाट पछाडि हट्दाखेरी ठूलो संकट हामीसँग आईपर्दैछ । त्यसलाई राष्ट्रिय सहमति बनाएर जानुपर्छ । यसको निम्ति अब संसदमा स्पष्ट बहुमतले पारित गर्नुपर्छ । कोही मान्छे लटरपटर पारेर लौ यो हामी छोडिदिन्छौं, हामी चाँही बाहिर गईहाल्छौं । तपाईं पास गर्नोस भनेर झिनो मतले अब संसदबाट उपस्थितिको बहुमत । संसदमा ६८ जना भए कोरम पुग्छ । त्यसको आधा ३५ हुन्छ । अनि, ३५ जनाले पारित गर्ने ? यस्तो महत्वपूर्ण मुद्दा । हुँदैन । संसदको अहिलेको संख्या २७५ हो । भलै २७१ संख्या छ । यसको आधा १३८ हुन्छ । १३८ भन्दा माथि पु¥याएर नै यसलाई पास गर्नुपर्छ । त्यो भन्दा तल लटरपटर कर्मकाण्ड गरियो भने जनतामाथि धोका हुन्छ । त्यसो गर्न पाईदैन ।’

भट्टराईले थपे, ‘खासगरी मेरा पूराना मित्र प्रचण्डजीलाई । कित तपाईंले यसलाई साथ दिनोस् १३८ पु¥याएर पारित गर्नोस् । होइने भने तपाईं सत्तामा पनि बस्ने, तर पनि मार्ने अनि बाहिर चाँही राष्ट्रवाद भित्र चाँही राष्ट्रघात गर्न पार्इंदैन । पहिलो विकल्प, तपाईंले साथ दिनुहोस् । होइन भने तपाईं जानोस् । त्यसको ठाउँमा अर्को आउँछ । हामी बहुमत पु¥याएर पारित गर्छाै । हाम्रो स्पष्ट धारणा यो छ । लटरपटर कुरा हुँदैन ।’

उनले एमसीसी सम्झौता आफ्ना लागि नभई राष्ट्रको हितमा भएकाले यसलाई पारित गर्न आफू लागि परेको दावी गरे । 

Advertisement

Advertisement