मच्छिन्द्र क्लब ए डिभिजन लिग २०७८ को लिग च्याम्पियन

Advertisement

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग २०७८ च्याम्पियन मच्छिन्द्र क्लब बन्न सफल भएको छ । अपराजित रहँदै उक्त क्लब लिग च्याम्पियन बनेर ७५ लाख रुपियाँ पुरस्कार पाउन सफल भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार अन्तिम खेलमा उसले एपीएफलाई २–१ ले पराजित गरेको हो । मच्छिन्द्रले दुई खेलअघि नै उपाधि पक्का गरेको थियो । योसँगै ऊ अपराजित रहेर लिग जित्ने पाँचौं टोली बन्न सफल भएको छ ।

Advertisement

यसअघि एनआरटी, थ्रीस्टार, मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबले अपराजित रहेर लिग च्याम्पियन बनेका थिए । आजको खेलमा मच्छिन्द्रका लागि अभिषेक गुरुङ र रेजिन सुब्बाले गोल गरे भने एपीएफका लागि प्रदीप लामाले एक गोल फर्काए । 

Advertisement

Advertisement