‘आकाशमुखी’ बजारमा

Advertisement

काठमाडौं । लेखक, पत्रकार एवम् अनुवादक मोहन मैनालीद्वारा अनूदित पुस्तक ‘आकाशमुखी’को शनिबार लोकार्पण गरिएको छ । अध्येताद्वय हरि शर्मा र सगुना शाहका साथै मैनालीले पुस्तकको लोकार्पण गरेका हुन् ।

पुस्तकको टिप्पणी गर्दै हरि शर्माले मैनालीमोहनद्वारा छनौट भएका निबन्ध र तिनको अनुवाद, अनुवाद नलाग्ने बताए । उनले भने, ‘लाग्छ यो मौलिक पुस्तक हो । पुस्तकमा छानिएका निबन्धले पश्चिमा समाजको जीवन र समाज परिवर्तन कथा बुनिरहँदा तिनले हामीलाई सफलताका निम्ति अनन्त यात्राको प्रेरणा दिन्छन् । यो नै आकाशमुखीको सफलता हो ।’ साथै शर्माले यो पुस्तक विद्यालयको कोर्षमा पनि हुनु राम्रो हुने बताए । 

Advertisement

अर्को टिप्पणीकार सगुना शाहले नारी शिक्षा, समानता, स्वतन्त्रताका लागि पश्चिमा समाजले कसरी संघर्ष गरेको थियो ? हाम्रो समाजको सबै वर्गको चेतनाका निम्ति यो पुस्तक प्रेरक हुन सक्ने बताइन् । उनले भनिन, ‘के हामी आजको समयमा आइपुग्दा पनि आकाशमुखी हुन सकेका छौँ त ?’

पुस्तकका निबन्ध छनौट र अनुवादबारे मैनालीले आफ्ना विचार राखेका थिए । उनले भने, जब अप्ठ्यारो परिस्थितिमा कुनै काम गरिन्छ, त्यसको नजिता पक्कै पनि विश्वसनीय हुन्छ । यो कोरोनाकालको सन्तान हो ।’

बुकहिलले प्रकाशन गरेको १६० पृष्ठको पेपरब्याक संस्करणको मूल्य ३३३ रुपियाँ कायम गरिएको छ ।

Advertisement

Advertisement