भित्र एमसीसी पास गर्ने तयारी, बाहिर चर्को विरोध प्रदर्शन

Advertisement

काठमाडौँ । संसदभित्र अमेरिकी संस्था एमसीसीसँग भएको सम्झौता अनुमोदनका लागि प्रस्तावमाथि सैद्धान्तिक छलफल चलिरहँदा बाहिर भने एमसीसीविरुद्ध चर्को सडक प्रदर्शन जारी छ । 

नयाँ बानेश्वरमा भएको प्रदर्शनमा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ । त्यस क्रममा भागाभाग हुँदा केही प्रदर्शनकारी घाइते समेत भएका छन्

Advertisement

संसद्‌मा एमसीसी टेबल भइसकेदेखि नै थालिएको एमसीसी विरुद्धको प्रदर्शनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली काँग्रेस (विपी)लगायतले विरोध प्रदर्शन जारी राखेका हुन् । 

संसद्‌बाट एमसीसी अनुमोदन गर्ने तयारी भइरहेकाले बानेश्वर क्षेत्रको सुरक्षा पनि निकै बढाइएको छ । आइतबार बिहान बसेको सत्ता गठबन्धन बैठकले सम्झौताका विवादित बुँदाको नेपालअनुकुल व्याख्या गरेर एमसीसी पास गर्ने निर्णय गरेको हो । 

Advertisement

Advertisement