संसदमा भीम रावलको कडा आक्रोस–एमसीसी पास गर्नेहरु राष्ट्रिय गद्दार हुनेछन्

Advertisement

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले एमसीसी पास गर्नेहरु राष्ट्रिय गद्दार हुने भन्दै कडा आक्रोस पोखेका छन् । आइतबार एमसीसी पास गर्नुअघि भएको सैद्दान्तिक छलफलमा उनले यस्तो बताएका हुन् । 

एमसीसी राष्ट्रघाती भएको भन्दै रावलले यसलाई संसद्‍बाट पास गर्न नहुने बताए । उनले एमसीसीले नेपालको स्वातन्त्रता, राष्ट्रयता र स्वाधिनतामा आघात पुग्ने भन्दै पास गर्न नहुने बताए । 

Advertisement

राष्ट्रिय स्वाधिनताका गम्भीर विषयलाई संसद्‍मा चलेको होहल्लाका बीच छलफलमा लैजान पनि नहुने भन्दै रावलले एमसीसी संसद्‍मा पेस गर्नु देशकै अपमान भने । 

उनले एमसीसी पास गर्नु देश र जनताप्रति धोका हो भन्दै यसमा जजसले समर्थन गर्छन् उनीहरू राष्ट्रिय गद्दार हुनेछन् भने । आफ्नो पार्टी एमाले विरोधमा नाराबाजी गरिरहँदा रावलले समय लिएर बोलेका थिए । 

उनले एमसीसी राष्ट्रघाती भएको भन्दै एमसीसी सम्झौतालाई संसद्‍बाट अस्वीकार गरियोस् भनी सबैसँग आग्रह गरे । एमसीसी लागू भएमा नेपालले अमेरिकी कानुन मान्नुपर्ने रावलको भनाई छ । यसले नेपालको स्वतन्त्र परराष्ट्र नीतिमा पनि आघात पुग्ने उनको भनाई छ । 

Advertisement

Advertisement