सुवालको दावी- एमसीसी सैन्य मोर्चा हो, आर्थिक वृद्धि र गरिवी अन्त्य गर्ने कुरा झुट हो

Advertisement

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सम्झौता राष्ट्रघाती भएको उल्लेख गर्दै त्यसमा व्याख्यात्मक प्रस्तावको औचित्य नरहेको बताएका छन् । 

आईतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एमसीसी सम्झौतामा व्याख्यात्मक प्रस्ताव स्वीकार नगर्ने अमेरिकाले स्पष्ट पारिसकेको पनि सत्तारुढ गठबन्धनलाई स्मरण गराए । 

Advertisement

सुवालले एमसीसी सैन्य मोर्चा भएको उल्लेख गर्दै त्यसमा आर्थिक वृद्धि र गरिवी अन्त्य गर्ने भनेर झुटो प्रावधान राखेको दावी गरे । प्रधानमन्त्री देउवाले ‘विष सरह’ रहेको एमसीसीलाई सित्तैमा आउने अनुदान भनेर देश नै नरहने प्रस्ताव संसदमा पेश गरेको उनको आरोप छ । 

एमसीसीमा उल्लेख गरिएको कुनै पनि प्रावधान नेपालको हितमा नरहेको पटकपटक दोहो¥याउँदै सुवालले एमसीसी नेपालका लागि ‘विष सरह’ रहेको र सो पिए नेपाल नै नरहने जिकिर गरे । उनले भने,  ‘एमसीसी भनेको सैन्य मोर्चा भएको स्पष्ट उल्लेख गरिएको छ । आर्थिक वृद्धि र गरिवी अन्त्य झुटो हो । यसकारण व्याख्यात्मक प्रस्तावको औचित्य छैन् । यस्तो प्रस्ताव अमेरिकाले स्वीकार नगर्ने बताइसकेको छ ।’

अमेरिकाको वर्तमान र भविष्यको कानुन उलङ्घन गर्न नपाउने र सम्झौताको अवधि पाँच वर्षपछि पनि अनन्त कालसम्म रहने व्यवस्था सम्झौतामा रहेको सुनाउँदै उनले ती व्यवस्था नेपालको हितमा नरहेको बताए । 

सुवालले भने, ‘नेपालको घरायशी कृषि, उद्योग, यातायत, शिक्षा आदिको लागि बिजुली पर्याप्त भइसकेको छैन् । अमेरिकी अधिकारीहरुले नै एमसीसी सैन्य मोर्चा भएको स्वीकार गरेका छन् । क्रिश्चियली दन्तेकथा पाण्डुराको बाकस खोलिँदा हिंसा, युद्ध, रोग, भोक, मृत्युजस्ता खरावी बाहिरिएजस्तै एमसीसी सम्झौता संसदबाट पारित गरिए त्यस्तै परिणाम आउनेछ ।’

उनले एमसीसी संसदबाट पारित गरे नेपालमा हिंसा, युद्ध, भोक, रोग र मृत्य मात्रै हात लाग्ने चेतावनी समेत दिए । 

Advertisement

Advertisement