नेपाली सेनाले निष्क्रिय पार्यो संसद भवन अगाडि भेटिएको शंकास्पद वस्तु

Advertisement

काठमाडौँ । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनअघिको मुल सडकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ । संसद भवनअघिको मुल सडकमा आज राखिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको हो । 

कुकरलाई तारले बेरेर ‘नो एमसीसी’ लेखिएको थियो । कुकुरभित्र इँट्टाको टुक्रा र कागज फेला परेको नेपाली सेनाका क्याप्टेन सन्दीप थापाले बताए । उनले प्रेसकुकर तर्साउनका लागि भएको र कुकरभित्र कुनै पनि बिस्फोटक पदार्थ नभएको स्पष्ट पारे । 

Advertisement

क्याप्टेन थापाले भने, ‘यो भित्र इँट्टाका टुक्रा, कागज र प्लाष्टिक थिए । यो मात्र डराउन र तर्साउनका लागि राखिएको थियो । अरु केही पनि थिएन । डराउने नियतका साथ राखिएको हो ।’

हिजो (आईतवार) संसदबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) बहुमतले अनुमोदन गरेपछि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहत अन्य ६ राजनीतिक दलहरुले आज नेपाल बन्दको घोषणा गरेका हुन् । 

Advertisement

Advertisement