रुसले घोषणा गर्यो अस्थायी युद्धविराम

Advertisement

काठमाडौँ । रुसले युक्रेनसँगको युद्धमा अस्थायी युद्धविराम गरेको छ । युक्रेनमाथि आक्रमण सुरु गरेको दशौं दिन रुसले दुई शहरमा अस्थायी युद्धविराम घोषणा गरेको हो । रुसले मानवीय सहायताका लागि भन्दै शनिबार युद्धविराम घोषणा गरेको जनाएको छ । 

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार रुसले युक्रेनका मरिपोल र भोल्नोभाखाका स्थानीय बासिन्दालाई बाहिर निस्कनका लागि यस्तो घोषणा गरेको जानकारी दिएको छ । रुस र युक्रेनका अधिकारीबीच भएको दोस्रो चरणको वार्तामा मानवीय सहायतका लागि करिडोर खुला गर्ने सहमति भएको थियो । 

Advertisement

रुसी रक्षा मन्त्रालयले रुसी सेनाले युक्रेनी सहरहरूलाई निसानामा नराखेको दावी गर्दै सर्वसाधारणलाई कुनै पनि खतरा नभएको बताएको छ । तर युक्रेनले भने गैरसैनिकहरुमाथि रुसले जथाभावी आक्रमण गर्दा दुई हजारभन्दा धेरै मानिसको मृत्यु भएको बताएको छ । 

एक स्वतन्त्र मुलुकमाथि रुसले गरेको आक्रमणको विश्वभर अहिले विरोध भइरहेको छ । विशेषगरी, गैरसैनिक मानिसहरुले भोग्नुपरेका पीडाहरु देखेपछि मानिसहरुले रुसी आक्रमणको विरोध गरेका हुन् । रुसमै पनि युद्ध रोक्न माग गर्दै प्रदर्शन भइरहेका छन् । 

Advertisement

Advertisement