युरोपले आफ्नो तेल निर्यातमा प्रतिवन्ध लगाए ग्यास पाइपलाइन पनि बन्द गरिदिने रुसी चेतावनी

Advertisement

एजेन्सी । रुसले आफ्नो तेल निर्यातमा युरोप र पश्चिमा देशहरुले प्रतिवन्ध लगाए ग्यासको पाइपलाइन बन्द गर्ने चेतावनी दिएको छ । पश्चिमा राष्ट्रले रुसको तेल नकिन्ने तयारी गरेसँगै ग्यास आपूर्तिका लागि जर्मनीसँगको मुख्य पाइपलाइन बन्द गर्ने मस्कोले चेतावनी दिएको हो । 

रुसका उपप्रधानमन्त्री अलेक्सान्डर नोभाकले रुसलाई तेल निर्यात गर्न प्रतिवन्ध लगाए विश्वभर आपूर्तिमा ूविनाशकारी परिणामू आउने र तेलको मूल्य दोबर भएर प्रतिब्यारल तीनसय डलरसम्म पुग्न सक्ने चेतावनी दिएका छन् ।

Advertisement

रुसले छिमेकी युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेसँगै रुष्ट रहेका अमेरिका नेतृत्वको पश्चिमा गठवन्धनले रुसविरुद्ध कडा नीति अख्तियार गर्दै आएका छन् । अमेरिकाले साझेदार देशहरूसँग मिलेर रुसी तेलमाथि प्रतिबन्ध लगाउने र रुसलाई दण्डित गर्ने छलफल गरिरहेका छन् । 

युरोपका देशहरूले ४० प्रतिशत ग्यास र ३० प्रतिशत तेल रुसबाट प्राप्त गर्छन्। तर रुसी तेल र ग्यास पाइपलाइनबाट लाभ उठाउँदै आएका जर्मनी र नेदरल्यान्ड्सले भने अमेरिकी योजनाको विरोध गरेका छन् । उनीहरुले रुसबाट तेल र ग्यासको आपूर्ति रोकिए आफ्नो माग पूरा गर्न अरू विकल्प नभएको बताएका छन् । 

Advertisement

Advertisement