रुसविरुद्ध घेराबन्दी बढाइँदै, रुसी चेतावनीका बीच पश्चिमाद्धारा रुसी तेल र ग्यासमा प्रतिवन्ध

Advertisement

एजेन्सी । युक्रेनमाथि आक्रमण सुरु गरेको रुसविरुद्ध पश्चिमा गठवन्धनले घेराबन्दी बढाउँदै लगेको छ । रुसी चेतावनीका बीच युरोपियन युनियन (ईयू)ले रुसी तेल र ग्यासमा प्रतिवन्ध घोषणा गरेको छ । 

युक्रेनमाथि मस्कोको आक्रमणको विरोधमा आर्थिक प्रतिबन्धलाई बढाउँदै अमेरिका, ब्रिटेन र ईयूले रुसमाथि नाकाबन्दी लगाएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कदमले रुसको अर्थतन्त्रको मुख्य धमनीलाई नै प्रहार गर्ने बताएका छन्।

Advertisement

तेल र ग्यास निर्यात रुसी आम्दानीको एउटा महत्त्वपूर्ण स्रोत हो । पश्चिमी देशहरूले आफ्ना उपभोक्तालाई असर पर्ने हुँदाहुँदै पनि जोखिम मोलेर नाकाबन्दी घोषणा गरेका हुन् । नाकाबन्दीको तयारी भइरहँदा रुसले त्यस्तो नगर्न र गरे देशभर इन्धन आपूर्तिको विस्फोटक समस्या सिर्जना हुने चेतावनी दिएको थियो । 

यससँगै, बहुर्राष्ट्रिय ठूला ब्रान्डहरू रुसबाट बाहिरिन थालेका छन् । बीबीसीका अनुसार म्याकडोनल्डस् र कोका कोला रुस छाड्ने पछिल्ला कम्पनी बनेका छन्।

रुस साउदी अरब र अमेरिकापछि विश्वकै तेस्रो ठूलो तेल उत्पादक देश हो। तेल र ग्यास निर्यात बन्द भएपछि रुसी अर्थतन्त्रमा निकै ठूलो असर पर्नसक्ने देखिएको छ । यसअघि नै युक्रेनमाथिको आक्रमणको कारण रुसी शेयर बजारमा भारी गिरावट भई बजार नै बन्द गर्नुपर्ने अवस्था आएको छ भने मूल्यवृद्धिमा उच्च वृद्धि भएको छ । यस
द्वन्द्वले अमेरिका र ब्रिटेनमा पेट्रोलको मूल्य हालसम्मकै उच्च भएको छ भने अन्य मुलुकहरुमा पनि यसको ठूलो प्रभाव देखिएको छ । 

बाइडेनले अब रुसी तेल अमेरिकी बन्दरगाहहरूमा स्वीकार्य नहुने र अमेरिकी जनताले पुटिनलाई अर्को शक्तिशाली प्रहार गर्ने बताएका छन् । उनले यो कदम देशभित्र असर पर्ने मूल्यमा नै चालिएको र  झेदारहरूसँग छलफल गरेर नै निर्णय गरिएको बताए।

Advertisement

Advertisement