एमसीसीबारे पार्टीभित्र भएको विवाद अहिले होइन, स्थानीय चुनावपछि मात्रै छलफल गछौंः प्रचण्ड

Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी संस्था एमसीसीसँग गरिएको सम्झौता व्याख्यात्मक घोषणासहित कार्यान्वयन नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् । 

विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘व्याख्यात्मक घोषणासहित एमसीसी कार्यान्वयनमा जानुपर्छ । नत्र फेरि आन्दोलनमा जाने अवस्था हुनसक्छ । हामी चाहन्छौं त्यस्तो नहोस् ।’ 

Advertisement

व्याख्यात्मक घोषणा एमसीसीकै अंगका रुपमा रहेको जिकिर गर्दै प्रचण्डले त्यस्लाई मिनिमाइज गर्न खोजिए त्यसविरुद्ध आन्दोलनमा जान बाध्य हुने बताए ।

एमसीसीमो विषयमा पार्टीभित्र विवाद रहेकोबारे सोधिएको प्रश्नमा उनले स्थानीय निकायको चुनावपछि मात्र यसबारे छलफलमा जाने सहमति बनेको बताए । प्रचण्डले भने, ‘सिंगो पार्टी एकमत भएर चुनावमा जाने कुरा भइसकेको छ ।’

उनले चुनाव आफ्नै शक्तिले जित्ने भन्दै राजनीतिक लेनदेनका आधारमा तालमेल पनि हुनसक्ने बताए । 

Advertisement

Advertisement