‘तपाईंले कम्युनिष्टलाई, कम्युनिष्टले हामीलाई सत्ता सुम्पिनुभन्दा सिधै काँग्रेसलाई जिम्मा लगाइदिनु’

Advertisement

काठमाडौं । नेपाली काँग्रेसले एक महिने ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान शुरु गरेको छ । आईतवार काँग्रेसले एक महिने ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानको शुभारम्भ गरेको हो । 

अभियान शुरु भएको जानकारी गराउँदै नसो पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले यो अभियान पहिलो चरणको भएको र आगामी चैत २९ पछि पुनः अर्को चरणको अभियान शुरु गर्ने बताए । 

Advertisement

उनले जनताले सिधै नेपाली काँग्रेसलाई सत्ता निर्वाचनमा जिताएर सत्ता सुम्पिन आग्रह गरे । शर्माले जनताले कम्युनिष्ट पार्टीलाई सत्ता सुम्पिने र कम्युनिष्टहरुले काँग्रेसलाई सत्ता सुम्पिने गरेको उल्लेख गर्दै सिधै जनताले काँग्रेसलाई निर्वाचनबाट जिताउन आग्रह गरे । 

आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै आजबाट चैत २९ गतेसम्म पहिलो चरणको अभियान हुने उनले बताए । शर्माले पहिलो चरणमा यो अभियानमार्फत काँग्रेसल मुख्य ८ वटा उद्देश्यलाई सार्वजनिक गरेको पनि बताए । उनले यो अभियान अन्तर्गत पार्टीले नव मतदाताहरुलाई निर्वाचनको प्रक्रियामा सहभागी बन्न, स्थापित गरेको लोकतन्त्र बमोजिमको अधिकारलाई प्रयोग गर्ने कुरा र अघिल्ला सरकारहरुले गरेको कामको समीक्षा गरेर स्वविवेकले भोट हाल्न अनुरोध गर्ने कुरालाई प्राथमिकता दिएको बताए । 

शर्माले भने, ‘जे जस्तो राजनीतिक अवस्था छ देशमा बितेको ५ वर्षमा देखियो, जनताले सरकार बनाउने जिम्मा कम्युनिष्ट पार्टीलाई लगाउने तर कम्युनिष्ट पार्टीले चलाउन नसकेर फेरि हामीलाई सुम्पिने । त्यसैले जनतासमक्ष हाम्रो अपिल के हुन्छ भन्दा तपाईंले कम्युनिष्ट पार्टी र कम्युनिष्ट पार्टीले हामीलाई जिम्मा लगाउने भन्दा सिधै नेपाली काँग्रेस पार्टीलाई जिम्मा लगाउनुस् ।’ 

महामन्त्री शर्माले नेपाली काँग्रेस पार्टीले एमसीसी पास गर्दैगर्दा भनेको वाक्यलाई पनि विश्लेषण गर्न आम मतदाताहरुलाई आग्रह गरे । उनले कम्युनिष्टहरुले एमसीसीको बेला सडकमा कराएको युवकलाई भोटको माध्यमबाट मात्र हेरेको आरोप लगाउँदै काँग्रेसले युवकको भविष्यलाई पनि हरेको बताए । 

शर्माले नेपाली काँग्रेसको यो अभियानमा आफ्नो पार्टीका मात्रै कुरा सुनाउने नभइ जनताका आवाज, जनताका चाहनाहरुको बारेमा पनि जनभावना सुन्ने बताउनु भयो । उनले यो अभियानबाट आम जनतालाई विभिन्न भोटर ट्रेनिङ प्रोग्राम पनि सञ्चालन गरिने बताउनु भयो । शर्माले यो अभियानबाट जनताका कुराहरु समेटेर स्थानीय विकाससँग सम्बन्धित कुराहरुसहितको घोषणापत्र बनाइने पनि बताए । 

Advertisement

Advertisement